जनकपुर- आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी हावाहुरीबाट प्रभावित पीडितको सहयोगका लागि नयाँ शक्ति पार्टीले ५ लाख रुपैयाँ सहयोग गरेको छ।
उक्त सहयोग रकम नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललाई हस्तान्तरण गरेका छन्।
नयाँ शक्तिले प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा रकम हस्तान्तरण गरेको हो। यसअघि हावाहुरी पीडितलाई संयोजक डा भट्टराईले व्यक्तिगत रुपमा सांसदकाे रुपमा प्राप्त हुने १५ दिनको तलब सहयोग गर्ने घोषणा गरेका थिए।
भट्टराईले हावाहुरी पीडितलाई सहयोग गर्दा औपचारिक संयन्त्रमार्फत नै गर्न आग्रहसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।