काठमाडौं- नेदरल्यान्ड्समा भइरहेको आइएसएप विश्व यु–१५ महिला भलिबल प्रतियोगितामा नेपालको न्युडायमण्ड एकेडेमीलले अजरवैजानलाई २–१ को सेटमा हराउँदै पहिलो जित हात पारेको छ।
बिहीवार अजरबैजनसँग भएको खेलमा पहिलो सेट २०–२५ ले गुमाए पनि खेलमा फर्कदै न्युडायमण्डले लगातार २ सेट २५–१९र २५–११ ले जित्दै नतिजा आफ्नो पक्षमा पारेको थियो।
प्रशिक्षक कुमार राईले पहिलो सेट गुमाएर पनि सफलता हात पर्न सकेकोमा खुुसी व्यक्त गरे। न्युडायमण्डले शुक्रबार हंगेरीसँग खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।