• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'छोरीको बिहे गर्ने टुंगो लागिसकेको थियो, तर हुरीले…'

64x64
नारायण अधिकारी बिहीबार, चैत २१, २०७५  २०:५२
1140x725

दुई छोरी गुमाएकी रोजिया खातुन भत्किएको घरमा। हुरीका कारण उनले गुमाएकी छोरी सबनमको मंगलबार टिकाटालो गर्ने टुंगो लागेको थियो। उनका अन्य दुई छाेरीको उपचार भइरहेको छ। तस्बिरः निमेषजंग राई


फेटा, बारा- ‘आजका दिनगला स-समान, कपडास किन्के...’ यति भनिसकेपछि रोजिया खातुन बोल्न सकिनन्। हावाहुरीले भत्काएको घरको छेउमा उभिएकी रोजियाका आँखा ओसिला देखिन्थे। उनले आफ्नै भाषामा आफ्नो पीडा पोखिन्। 

केहीबेर गफ गरिसकेपछि भने उनी भावुक भइन् र आफ्नै भाषामा भनिन्, ‘कपडा समेत छेकिसकेका थियौं। तर..’

बाराको फेटा गाउँपालिकाको पुरैनियाकी रोजिया अहिले शोकमा छिन्। आइतबार साँझपख आएको हावाहुरीले उनको घरमा पनि ठूलै क्षति पुर्‍यायो। जसको पीडा सुनाउदा सुनाउँदै उनी रुन थालिन्।

 रोजिया खातुन।


हावाहुरीले घर भत्काएपछि उनका दुई छोरी पुरिए। उक्त घटनाबारे उनका छिमेकी अस्मुदिन अन्सारीले हामीलाई सोमबार नै सुनाएका थिए। त्यसको उद्धारकर्तामध्येका उनी पनि एक थिए। हामी भोलिपल्ट यसबारे थप बुझ्न रोजिया खातुनको घर पुगेका थियौं। 

कलैयाबाट झन्डै ५ किलोमिटर कच्चीबाटोको यात्रा गरेपछि रोजियाको घरमा पुगियो। भत्किएका भग्नावशेषले रोजियाको घर एल आकारको भएको अनुमान लगाउन सकिन्थ्यो। इँटा र माटोको गाह्रो लगाएको एकतले रोजियाको घर पूर्णरुपमा भत्किएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

घरकै आडमा रहेको अर्को पिल्लर बिनाको पक्की घर भने सद्दे थियो। अगाडिका आँपका बोटहरु ठुटोमा परिणत भएका थिए। त्यही भग्नावशेषमा भेटिइन् रोजिया, उनका श्रीमान मन्जुर आलम मिया र छोरा रिजवानुल्ला अन्सारी।

भत्किएको घर हेर्दै रोजिया खातुन।


छिमेकी अस्मुदिनले सुनाएका थिए, ‘सबनमको त्यहीँ मृत्यु भएको थियो। रुबीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यी मृतक सबनम र रुबी रोजियाका छोरी हुन्। हावाहुरीकै कारण घर भत्किएर उनीहरुको मृत्यु भएको थियो।

१८ वर्षीया सबनम खातुन रोजियाकी छैंटौ छोरी हुन्। उनीभन्दा माथिका ५ दिदीको विवाह भइसकेको थियो। उनको विवाह बाराकै एक युवासँग हुने टुंगो भइसकेको थियो। 

मंगलबार सबनमको विवाहका लागि टिकाटालो गर्ने निधो भएको थियो। तर दुर्भाग्य! सबनमको विवाह परिवारले गर्न पाएनन्। छोरीको ज्यान गएको ठाउँ नजिकै बसेर रोजियाले आफ्नो पीडा सुनाइन्, ‘चौकीको मुनि लुकेर बसेको थियो। पर्खाल गिरेछ। चौकी भाँचियो। अनि च्यापिएर..।' यसपछि उनी बोल्न सकिन्न। आँखामा आँशु छल्काइन्। खनि शिरमा राखेको मजेत्रो निकालेर अनुहार छोपिन्। विरह र दुःखको शब्द सुन्न सकिन्थ्यो। 

खाटलाई उनीहरू चौकी भन्ने रहेछन्। हुरी आएपछि खाटमुनि लुकेका रोजिया र रुबी दुबैले ज्यान गुमाए।

खाटमुनि रोजिया, रुबी र उनीहरूको भिनाजु बसेका रहेछन्। रोजियाको घरमै ज्यान गयो। रुबी सख्त घाइते भएकी थिइन्। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो। भिनाजूको उपचार भइरहेको छ। 

उनीहरुका दुई बहिनी अर्थात् रोजियाका अन्य दुई छोरी नसिमा र जसिमा खातुन घाइते छन्। उनीहरुको उपचार भइरहेको छ।

त्यसदिन रोजियाका छोरा रिजवानुल्ला भने ससुराली घोडसरा भन्ने ठाउँ गएका रहेछन्।

‘म ससुराली गएको थियो। त्यहाँ पुग्नेबित्तिकै हावाहुरी आयो। पछि घरबाट फोन आएपछि दुर्गदै आएँ। तर बहिनीलाई बचाउन सकिनँ।'

मृतक रुबी भने स्थानीय विद्यालयमा कक्षा ३ मा पढ्थिन्। सबनम भने मदरसामा पढ्थिन्। उनीहरु दुबैको सोमबार नै परिवारले दाहसंस्कार गरे। 

रोजियाका ९ दिदी बहिनीमध्ये ५ जनाको विवाह भइसकेको थियो। २ छोरी हावाहुरीमा गुमे। घाइते दुई छोरीको उपचार भइरहेको छ।

रोजियाका छोरा रिजवानुल्ला। ससुराली गएकाले उनी भाग्यले बाँचे तर दुई बहिनी बचाउन सकेनन्। राहत सामग्री लिएर फर्कँदै। 


मजदुरी र खेतिपाती गरेर पेट पाल्दै आएको रोजियाको परिवार अहिले छिमेकीको घरमा शरण लिएको छ। दुई बहिनी गुमाएका रिजवानुल्ला भने राहत बोकर भत्किएको घरतर्फ लाग्दै थिए हामीले भेट गरेको समयमा।

सबै तस्बिर : निमेषजंग राई

प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्