• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'छोरीको बिहे गर्ने टुंगो लागिसकेको थियो, तर हुरीले…'

64x64
नारायण अधिकारी बिहीबार, चैत २१, २०७५  २०:५२
1140x725

दुई छोरी गुमाएकी रोजिया खातुन भत्किएको घरमा। हुरीका कारण उनले गुमाएकी छोरी सबनमको मंगलबार टिकाटालो गर्ने टुंगो लागेको थियो। उनका अन्य दुई छाेरीको उपचार भइरहेको छ। तस्बिरः निमेषजंग राई


फेटा, बारा- ‘आजका दिनगला स-समान, कपडास किन्के...’ यति भनिसकेपछि रोजिया खातुन बोल्न सकिनन्। हावाहुरीले भत्काएको घरको छेउमा उभिएकी रोजियाका आँखा ओसिला देखिन्थे। उनले आफ्नै भाषामा आफ्नो पीडा पोखिन्। 

केहीबेर गफ गरिसकेपछि भने उनी भावुक भइन् र आफ्नै भाषामा भनिन्, ‘कपडा समेत छेकिसकेका थियौं। तर..’

बाराको फेटा गाउँपालिकाको पुरैनियाकी रोजिया अहिले शोकमा छिन्। आइतबार साँझपख आएको हावाहुरीले उनको घरमा पनि ठूलै क्षति पुर्‍यायो। जसको पीडा सुनाउदा सुनाउँदै उनी रुन थालिन्।

 रोजिया खातुन।


हावाहुरीले घर भत्काएपछि उनका दुई छोरी पुरिए। उक्त घटनाबारे उनका छिमेकी अस्मुदिन अन्सारीले हामीलाई सोमबार नै सुनाएका थिए। त्यसको उद्धारकर्तामध्येका उनी पनि एक थिए। हामी भोलिपल्ट यसबारे थप बुझ्न रोजिया खातुनको घर पुगेका थियौं। 

कलैयाबाट झन्डै ५ किलोमिटर कच्चीबाटोको यात्रा गरेपछि रोजियाको घरमा पुगियो। भत्किएका भग्नावशेषले रोजियाको घर एल आकारको भएको अनुमान लगाउन सकिन्थ्यो। इँटा र माटोको गाह्रो लगाएको एकतले रोजियाको घर पूर्णरुपमा भत्किएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

घरकै आडमा रहेको अर्को पिल्लर बिनाको पक्की घर भने सद्दे थियो। अगाडिका आँपका बोटहरु ठुटोमा परिणत भएका थिए। त्यही भग्नावशेषमा भेटिइन् रोजिया, उनका श्रीमान मन्जुर आलम मिया र छोरा रिजवानुल्ला अन्सारी।

भत्किएको घर हेर्दै रोजिया खातुन।


छिमेकी अस्मुदिनले सुनाएका थिए, ‘सबनमको त्यहीँ मृत्यु भएको थियो। रुबीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।’

यी मृतक सबनम र रुबी रोजियाका छोरी हुन्। हावाहुरीकै कारण घर भत्किएर उनीहरुको मृत्यु भएको थियो।

१८ वर्षीया सबनम खातुन रोजियाकी छैंटौ छोरी हुन्। उनीभन्दा माथिका ५ दिदीको विवाह भइसकेको थियो। उनको विवाह बाराकै एक युवासँग हुने टुंगो भइसकेको थियो। 

मंगलबार सबनमको विवाहका लागि टिकाटालो गर्ने निधो भएको थियो। तर दुर्भाग्य! सबनमको विवाह परिवारले गर्न पाएनन्। छोरीको ज्यान गएको ठाउँ नजिकै बसेर रोजियाले आफ्नो पीडा सुनाइन्, ‘चौकीको मुनि लुकेर बसेको थियो। पर्खाल गिरेछ। चौकी भाँचियो। अनि च्यापिएर..।' यसपछि उनी बोल्न सकिन्न। आँखामा आँशु छल्काइन्। खनि शिरमा राखेको मजेत्रो निकालेर अनुहार छोपिन्। विरह र दुःखको शब्द सुन्न सकिन्थ्यो। 

खाटलाई उनीहरू चौकी भन्ने रहेछन्। हुरी आएपछि खाटमुनि लुकेका रोजिया र रुबी दुबैले ज्यान गुमाए।

खाटमुनि रोजिया, रुबी र उनीहरूको भिनाजु बसेका रहेछन्। रोजियाको घरमै ज्यान गयो। रुबी सख्त घाइते भएकी थिइन्। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो। भिनाजूको उपचार भइरहेको छ। 

उनीहरुका दुई बहिनी अर्थात् रोजियाका अन्य दुई छोरी नसिमा र जसिमा खातुन घाइते छन्। उनीहरुको उपचार भइरहेको छ।

त्यसदिन रोजियाका छोरा रिजवानुल्ला भने ससुराली घोडसरा भन्ने ठाउँ गएका रहेछन्।

‘म ससुराली गएको थियो। त्यहाँ पुग्नेबित्तिकै हावाहुरी आयो। पछि घरबाट फोन आएपछि दुर्गदै आएँ। तर बहिनीलाई बचाउन सकिनँ।'

मृतक रुबी भने स्थानीय विद्यालयमा कक्षा ३ मा पढ्थिन्। सबनम भने मदरसामा पढ्थिन्। उनीहरु दुबैको सोमबार नै परिवारले दाहसंस्कार गरे। 

रोजियाका ९ दिदी बहिनीमध्ये ५ जनाको विवाह भइसकेको थियो। २ छोरी हावाहुरीमा गुमे। घाइते दुई छोरीको उपचार भइरहेको छ।

रोजियाका छोरा रिजवानुल्ला। ससुराली गएकाले उनी भाग्यले बाँचे तर दुई बहिनी बचाउन सकेनन्। राहत सामग्री लिएर फर्कँदै। 


मजदुरी र खेतिपाती गरेर पेट पाल्दै आएको रोजियाको परिवार अहिले छिमेकीको घरमा शरण लिएको छ। दुई बहिनी गुमाएका रिजवानुल्ला भने राहत बोकर भत्किएको घरतर्फ लाग्दै थिए हामीले भेट गरेको समयमा।

सबै तस्बिर : निमेषजंग राई

प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
जेनजी शहीद गोपालका बुबाआमाको कामना– गोपालहरू मर्नुपर्ने गरी फेरि कुनै आन्दोलन नहोस् आन्दोलनका क्रममा गोपालले ज्यान गुमाएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंको मनमा भने छोराको सम्झना अझै ताजा छ। छो... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्