जनकपुर- निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले जनकपुर-काठमाडाैंकाे दैनिक ३ उडान भर्ने भएको छ।
यात्रुहरुलाई लक्षित गर्दै कम्पनीले 'एटिआर-७२' विमानबाट आगामी श्रावण १६ गतेदेखि जनकपुर-काठमाडाैंका ३ उडान भर्ने बुद्ध एयर जनकपुरका प्रबन्धक विजय कुमार सिंहले जानकारी दिए।
बुद्ध एयरले हाल 'एटिआर–७२' विमानबाटै साे रुटमा सेवा दिँदै आएकाे छ। यसअघि बुद्धले दैनिक २ उडान भर्दै आएको थियाे।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुर पुग्न २५ मिनेट समय लाग्छ।
बुद्धले हाल आन्तरिकतर्फ भद्रपुर, विराटनगर, तुम्लिङ्टार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङ्टार र पोखरा–भैरहवा उडान भर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।