बारा- हावाहुरी प्रभावित बाराकाे फेटा गाँउपालिकास्थित विभिन्न स्थानमा सशस्त्र प्रहरी (एपिएफ)ले राहत वितरण तथा आवास व्यवस्थापनमा सहयाेग गरेकाे छ।
प्रभावित क्षेत्रका पीडित परिवारलाई तत्काल बस्ने व्यवस्थाका लागि एपिएफ टोलीले २ सय ९९ वटा टेन्ट लगाउनुका साथै १ सय ६८ वटा त्रिपाल वितरण गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए।
सशस्त्र प्रहरी बलकाे नेपाल गण हेडक्वाटर बारा नम्बर १२ गणबाट खटिएको टोलीले सो गाँउपालिकाका विभिन्न स्थानमा टेन्ट लगाउनुका साथै त्रिपाल वितरण गरेर पीडित परिवारलाई अस्थाई बसोबासको व्यवस्था मिलाएको हो।
भिषण हावाहुरीबाट क्षति पुगेकाे खबर लगत्तै एपिएफ टोली उद्धार तथा राहत कार्यमा खटिएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।