काठमाडौं– आइपिएल क्रिकेट अन्तर्गत नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले लगातार तेस्रो खेल खेल्ने भएका छन्।
दिल्ली क्यापिटल्सले सन्दीपलाई सनराइजर्स हैदरावादविरुद्धको अहिले केहिबेरमा हुने खेलमा पहिलो ११ मा राखेको हो। यद्यपी दिल्लीले टिममा ३ परिवर्तन गरेको छ। खेलमा हैदरावादले टस जितेर पहिले बलिङ निर्णय गरेपछि घरेलु टिम दिल्लीले पहिले ब्याटिङ गर्नेछ।
दिल्लीले हैदरावादको खेलका लागि राहुल टेवाइटा, इशान्त शर्मा र अक्षर पटेललाई फेरि मौका दिएको हो।
दिल्लीको टिम - पृथ्वी शा, शिखर धवन, श्रेयर इयर, रिशव पन्त, कोलिन इनग्राम, क्रिस मोरिस, राहुल टेवाटिया, अक्षर पटेल, कागिसो राबाडा, इशान्त शर्मा, सन्दीप लामिछाने
सन्दीपले सुरुवाती २ खेलमा मौका पाएका थिए। तेस्रो खेलमा कोलकाता नाइटराइडर्स र चौथो खेलमा किंग्स इलावेन पञ्जावविरुद्ध भने सन्दीपले खेलेका थिए। उनले कोलकाताविरुद्ध १ र पञ्जावविरुद्ध २ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।