काठमाडाैं- नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले 'गरिमा रेमिट’काे सेवा प्रवाह गर्ने सम्बन्धमा गरिमा विकास बैंकसँग सम्झौता गरेकाे छ।
गत मंगलबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नेपाल इन्भेष्टमेण्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापश्चात् हाल देशभर रहेका इन्भेष्टमेण्ट बैंकका ७८ वटा शाखा कार्यालय र १२ वटा एक्सटेन्सन काउन्टरबाट 'गरिमा रेमिट'मार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।