काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले स्विटजरल्यान्डका लागि नेपाली राजदूत नियुक्त गरेकी छिन्।
राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि पदमा कार्यरत मणिप्रसाद भट्टराईलाई आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्को गत पुस ६ र ९ गते बसेको बैठकले भट्टराईलाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, जेनेभाको स्थायी प्रतिनिधि एवं स्विटजरल्यान्डका लागि आवासीय तथा इटाली, सानमारियो र लिस्टेन्स्टाइनका लागि गैरआवासीय राजदूतमा सिफारिश गरेको थियो ।
सरकारको उक्त सिफारिसलाई सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले माघ ८ गते अनुमोदन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।