काठमाडौं– फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१औँ स्थानमा रहेको छ। अघिल्लो महिना पनि नेपाल १६१औं स्थानमा थियो।
दक्षिण एशियाली देशमा नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा माथि भारत १०१औँ र माल्दिभ्स १५१औँ स्थानमा छन्। नेपाल भन्दा तल रहेको भूटान १८६औँ, बङ्गलादेश १८८औँ, पाकिस्तान २०० र श्रीलङ्का २०२ स्थानमा छन्।
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ। फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, क्रोएसिया पाँचौँ, उरुग्वे छैटौँ, पोर्चुगल सातौँ, स्विटजरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दर्शौँ स्थानमा रहन सफल भएका छ्न । फिफाले सदस्य मुलुकहरुले खेलेको अन्तर्राष्ट्रिय खेलहरुका आधारमा प्रत्येक महिना वरियता सार्वजनिक गर्ने गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।