• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

आफ्ना छोराछोरीबारे यसो भन्छन् खगेन्द्र संग्रौला

64x64
नेपाल लाइभ बिहीबार, चैत २१, २०७५  १३:४२
1140x725

यो विषय मलाई दिँदाखेरि के विषय दिइयो होला? यो विषयमा मैले के बोल्ने होला? भन्ने मलाई ठूलो द्विविधा थियो र अझैपनि छ। डाक्टरको बुवा त भइयो। वास्तवमा मलाई डाक्टरको बुवा बन्न रहर थिएन। मेरी श्रीमतीलाई डाक्टरको आमा बन्न एकदमै रहर थियो।

हाम्रा आ–आफ्ना कारणहरु थिए। छोरी मेरो सबैभन्दा नजिकको पात्र। ६/७ देखि १० कक्षासम्म मैले लेखेको सबै चिज उसले बुझेर पनि र नबुझेर पनि पढिरही। कम्प्युटरमा जानुभन्दा अघि म टाइपराइटर चलाउँथे। टाइपराइटरमा केही लेखिरहँदा वा केही अनुवाद गरिरहँदा मेरो कुममा आफ्नो च्युँडो राखेर उसले मैले लेखेको पढिरहन्थी। म चाहन्थे छोरीले अंग्रेजी साहित्य पढोस्। सकेत राम्रो लेखक बनोस्। होइन भने राम्रो अन्वादक बनोस्। नेपाली साहित्यका शीर्ष रचनाहरु अनुवाद गरोस्। मेरो पनि अनुवाद गर्न लायक त्यस्तो केही भए त्यो पनि अनुवाद गरोस्।

मेरी श्रीमतीका आफ्ना दुःखहरु थिए। मेरी श्रीमती पेसाले नर्स। उनी टिचिङ हस्पिटलको ‘मेट्रोन’सम्म भइन्। उनले मनोचिकित्सामा एमए, एमफिलसम्म पनि पढिन्। तर, जुनबेला उनी नर्स भइन्, त्योबेला नर्स र डाइभरलाई यो समाजले हेलाको दृष्टिले हेरिन्थ्यो। ‘लोग्ने मान्छे बिग्रिए डाइभर, स्वास्नी मान्छे बिग्रिए नर्स बन्छन्’ भनिन्थ्यो। मेरो श्रीमतीको मनमा चोट थियो। त्यो चोटमा अरु केही चोटहरु थपिए। मेरी श्रीमती गुरुङ समुदायकी हुन् अर्थात उनको थेप्चो नाक छ। उनले मलाई जिन्दगीभरी भनिरहिन् ‘मलाई तिम्रा जातका डाक्टरहरुले हेपिरहेका छन्। सामान्य नर्स हुँदा हेपे ठिकै थियो, म टिचिङ अस्पतालको ‘मेट्रोन’ भएँ, मलाई हेपिरहे। मसँग डिग्री पनि थियो र पद पनि। सबै चिज हुँदा पनि मलाई हेपिरहे। डाक्टर पनि खास गरेर सनातनी शासक वृतका डाक्टरहरुले मलाई हेपे।’

मेरी श्रीमतीको चित्तमा त्यो चोट रहेकोले त्यो चोटको उपचार गर्न, क्षतिपूर्ति गर्न, सायद देखाइदिन छोरीलाई डाक्टर बनाउने उनको रहर थियो।

छोरी आइएसई पढिन् र उनी मेरो पाठक वृतबाट टाढा भइन्। किनभने उनलाई साहित्य पढ्नमा साह्रै कम मात्रै फुर्सद मिल्यो। आइएसई पछि उनले इन्ट्रान्स परीक्षा दिइन् र पास पनि भइन्। पास भएपछि मेरो घरको दुई तिहाई अत्यन्त प्रसन्न भयो। मेरी श्रीमती, छोरी र उसको भाइ। घरको दुई तिहाई खुसी भइसकेपछि म पनि खुसी हुन विवश भएँ।

सबैको आफ्नो रुची, प्रवृति, स्वभाव सबै हिसाबले मानिस एकेडेमिक हुनुपर्ने अझै लागिरहन्छ। डा सरोज धितालले भनिरहनु भएको थियो कि मेडिकल साइन्सले मात्र शरीरमाथि काम गर्छ। यद्यपि जीवन भनेको शरीर मात्र होइन। शरीर त जीवनको बाह्य संरचना न हो। जीवन भनेको तपाईंको संवेदना, सपना, आकांक्षा, क्रोध वा कुण्ठा धेरै चिज होला।

अघि छोरी डाक्टर हुँदा बुवालाई के फाइदा, छोरीलाई के फाइदा भयो भनेर सोधिएको थियो। मेरो छोरी डाक्टर हुँदाखेरि, एउटा संग्रौला गुठी बनाएका छन्, हो त्यो गुठीमा मेरो ठूलो इज्जत छ। संग्रौला परिवारमा पहिलो डाक्टरको बुवा मान्छन् मलाई। त्योभन्दा यो बाहिर सामान्य कुरा हो। कोही डाक्टर होला, इन्जिनियर होला, अरु केही होला, त्यो डिग्री आफैंमा कुनै ठूलो कुरा होइन।

nimb
nimb
Ncell 2
Ncell 2

मेरी छोरी आफ्नो बुवा नाम चलेको लेखक हुँदा अझै पनि घाटा छ भन्छे। केही सामाजिक सन्दर्भहरुमा, अवसरहरुमा आफ्नो बुवाको नाम बिक्यो होला। तर, अझै पनि उसको गुनासो के छ भने म डाक्टर भएँ, मैले एमबिबिएस गरेँ, एमडी गरें, अमेरिकामा गएर एमडी फेरि दोहोर्याएँ, म त डाक्टर, प्रोफेसर भइसकें, तर मलाई खगेन्द्र संग्रौलाको छोरी भन्छन्। मेरो चिनारी डा डेजी संग्रौला कसैले पनि भन्दैन। त्यो चिनारी २ नम्बरमा आउँछ। पहिलो नम्बरमा आउँछ, डेजी संग्रौला खगेन्द्र संग्रौलाको छोरी हो।

श्रीमतीको गुनासो पनि त्यहि हो। त्यो समयमा गुरुङ समुदायबाट आएर मैले त्यत्रो पढें। टिचिङ अस्पतालको मेट्रनसम्म भएँ। सारा मान्छेले के भन्छन्– जमुना संग्रौला भन्या खगेन्द्र संग्रौलाको श्रीमती हो। मेरो आफ्नो छुट्टै पहिचान छैन।

छोरीबाट मलाई फाइदा पनि भएको छ। फाइदा के भएको छ भने, मेरो पेन्सन छैन, कुनै नियमित आम्दानी छैन, लेखेर अलिकति पैसा आउने हो, प्रकाशकहरुले पैसा दिने हो, आजकल लेखाई पनि कम भएको छ। मेरो छोरी अमेरिकामा छे, मलाई पैसा पठाइरहन्छे। मलाई लुगाफाटो पठाइरहन्छे। मलाई औषधि पठाउँछे, मलाई भरोभरका लागि पकेट खर्च, कतै ठूलो बिरामी भइहाले पनि खर्च गर्न कोष पनि बनाइदिएकी छ, त्यसले मलाई लाभ भएको छ।

छोरी डाक्टर भएपछि अर्को लाभ के भएको छ भने, छोरी पखेटा हालेर आफ्नो संसार बनाउन उडेर गएकी छ। छोरीमाथिको त्यो दायित्वबाट म मुक्त छु। म मरिरहँदा मेरी छोरी कमसेकम भोकले, अपमानले मर्दिन भन्नेमा म ढुक्क छु। बाँकि डाक्टरका बुवाका बारे मेरा धेरै अनुभव छैनन्।

मेरी छोरीले नेपालमै काम गरेको भए सायद केही थाहा हुन्थ्यो होला। तर, मलाई केही पनि थाहा छैन। मलाई एउटै कुरा थाहा छ, डाक्टरको व्यक्तिगत जिन्दगी हुँदैन। नेपालमा के प्रावधान छ मलाई थाहा छैन, तर, अमेरिकामा मेरी छोरीको ४२ घण्टाको, २४ घण्टाको र १२ घण्टाको ड्युटी हुन्छ। अनि उसलाई मन परेको चिज पढ्न, अलिकति चैनको श्वास फेर्न, मनोरञ्जन गर्न, घुम्न फुर्सद छैन। डाक्टर यस्तो दुःखी प्राणी हो, त्यो दुःख कति उ आफैंले बनाएको हो, कति आफ्नो पेसाले ल्याएको हो म जान्दिन।

मेरा छोरीका धेरै दुःख छन्। अमेरिकामा वकिल र डाक्टरले धेरै सम्पत्ति कमाउँछन्। मेरो छोरीले आफ्नो छोरालाई त्यहाँको राम्रो स्कुलमा पढाएकी छ, उ खुसी छ। काम त्यति गाह्रो हुँदाहुँदै पनि कामप्रति मेरो छोरीको यस्तो ‘प्यासन’ छ, पागलपन छ, कि उ काममा आफूलाई बिर्सिन्छे। उसलाई त्यो ४२ घण्टाको ड्युटी बोझ लाग्दैन।

म कहिलेकाहिँ भन्छु– छोरी, जिन्दगी भनेको घोटिएर पैसै कमाउनका लागि, सकिनका लागि होइन। के व्यक्तिगत ‘स्पेस’ चाहिँदैन? भ्रमण गर्न मन लाग्ला, राम्रो पुस्तक पढ्न मन लाग्ला, सिनेमा हेर्न मन लाग्ला, पिकनिक जान मन लाग्ला। व्यक्तिगत जीवन हुँदैन? के व्यक्तिगत जीवनका लागि कुनै ठाउँ हुँदैन?

छोरी के भन्छे– 'फादर, आई डन्ट ह्याभ एनी कम्प्लेन अवाउट माइसेल्फ'। मेरो पेसाप्रति मेरो कुनै गुनासो छैन। मैले जुन बाटो रोजें त्यसमा मलाई कुनै खेद छैन।

000

दुर्भाग्यवश २०२४ सालमा त्रिचन्द्र कलेजको बिएको विद्यार्थी भएपछि मलाई खत्राकखुत्रुक, सानोतिनो बिमार लागिरह्यो। कहिले ग्याष्ट्रिक भएको छ, कहिले पेप्टिक अल्सर, आँखाको समस्या त्यो बेला देखि नै थियो। अहिले प्रोष्टेट छ। खुद्रामसिना रोगहरु लागिरहेको हुनाले म निरन्तर जिन्दगीभरी डाक्टरकोमा धाइरहेको छु।

बाँकी म बिरामी, बिरामीको नाताले डाक्टर भन्ने प्राणी के हो त्यो म अलिकति चिन्दछु। मैले ७/१० जना डाक्टरसँग उपचार गरें। ति डाक्टरको प्रवृत्ति, चरित्र, बोलीवचन, शैलीलाई सान्यायीकरण गरेर डाक्टरलाई यस्तै भन्न मिल्छ कि मिल्दैन थाहा छैन तर, केही संकेतहरु त्यहाँ छन्। मलाई ग्याष्ट्रिक थियो। पछि पेप्टिक अल्सर भयो। त्यसपछि म डाक्टरकोमा धाउन थालें। मेरो डाक्टर अन्जनीकुमार शर्मा। त्यो बेलाको गनिएको डाक्टर। केही समयपछि डाक्टरले भन्नुभयो– बाबु पेटले त कैंची माग्यो।

म २४ वर्षको छु। बिए पढिरहेको छु। मेरो धेरै समय लाइनमा बितेको छ। क्लासमा जाने बेलामा ‘आउटडोर’को लाइनमा समय बितेको छ। लाइब्रेरी जाने बेलामा ‘क्लिक’मा गएको छु। मनग्गे पैसा छौ। बिरानो ठाउँ काठमाडौंमा छु। केही पनि थाहा छैन। डाक्टर भन्नुहुन्छ– बाबु पेटले कैंची माग्यो।

अनि कोही जानिफकारले भन्यो– सबैका आफ्ना धर्म हुन्छन्। जसले कैंची चलाउन सिकेको छ, उसले कैंची नै चलाउन खोजिरहन्छ। कैंची नचलाउने डाक्टर पनि हुन्छन्– ‘फिजिसिएन’कोमा जाउ।

म डा एसके पहाडीकोमा गएँ। डा पहाडी त्यो बेलाको गज्जवको डाक्टर। डा शर्मा वाचाल, बोलिरहने तर डा पहाडी शान्त, अन्तरमुखी, भद्र। डा शर्माको प्रेस्किप्सन हेर्नुभयो र डा पहाडीले भन्नुभयो– बाबु एउटा एक्सरे गरेर आउ। एक्सरे लिएर आएँ। मुसुक्क मुस्कुराउनु भयो अनि डा पहाडीले भन्नुभयो– बाबु कैंची चलाइहाल्नु पर्दैन। हेरौं केही समय। अनि उहाँले औषधि लेखिदिनुभयो। पथपरहेजको सल्लाह दिनुभयो।

तर, दुबै डाक्टरको एउटा सल्लाह भने समान थियो– चिन्ता नगर्नु। मानौं मैले चिन्तालाई निम्ता गरिरहेको छु। मानौं मैले रहरले चिन्ता हात थापिरहेको छु। चिन्ता तपाईंको शरीरको अवस्थाबाट, तपाईंको मनको अवस्थाबाट, तपाईंको विपन्नताबाट, अभावबाट, कुन्ठाबाट, असफलताबाट, सम्बन्धको तनावबाट उत्पन्न हुन्छ। दुईवटै डाक्टर भन्छन्– बाबु चिन्ता नगर्नु। मलाई के लाग्यो भने यो डाक्टर भन्ने प्राणी यो समाजको सामान्य मान्छेको सुखदुःख बुझ्ने प्राणी होइन। यो कुनै अन्तरिक्षको अर्कै ग्रहको मान्छेजस्तो लाग्यो।

मेरो आँखाको पनि समस्या थियो। एकजना राई थरको डाक्टर जो आँखाको राम्रो डाक्टरमा गनिनुहुन्थ्यो। उहाँकोमा गएँ। तर, रोचक के थियो भने घाँटी माथि हेर्ने डाक्टरले ‘चिन्ता नगर्नु’ भनेनन्। डा रामप्रसाद पोखरेलकोमा गएँ। उहाँले पनि चिन्ताको बारे बोल्नुभएन। त्यसपछि मलाई लाग्यो यो चिन्ता चाँही घाँटीमुनिको कुरा रहेछ।

000

सात वर्षयता मैले त धेरै लगभग एक ट्रक चुरोट खाएँ। ५५ वर्षको उमेर भयो, यसै बस्दा पनि छाती घ्यारघ्यार हुन थाल्यो। काठमाडौंका हस्पिटलमा रहेका छातीको सबैभन्दा राम्रो मानिने एकआध डाक्टरमध्ये एक जनाकोमा म गएँ। पछिल्लो ७ वर्षदेखि म धाइरहेको छु। म सार्वजनिक रुपमा चिनिएको हुनाले सबै डाक्टरले पढेर वा सुनेर चिन्छन्। मसँग विनम्र व्यवहार गर्छन्। डाक्टरले मसँग जुन व्यवहार गर्छन्, आम बिरामीसँग त्यस्तै व्यवहार गर्छन् भन्ने म ठान्दिनँ। अपवादहरु होलान्। एकपटक एक बुढा मान्छे घ्यारघ्यार गर्दै आए। मेरो डाक्टर भन्नुहुन्छ– तपाईंको यो निको हुने व्यथा होइन। मात्र रोकथाम गर्ने हो। मान्छेलाई मर्ने रहर हुँदैन। अन्तिम घडीमा पनि मान्छेलाई बाँच्न रहर हुन्छ। जीवनको लालसा हुन्छ। जीवनप्रतिको जिजिविषा हुन्छ। कालले आक्रमण गरिरहेको रोगीलाई डाक्टरले भन्छ– यो रोग निको हुँदैन। मलाई बडो असजिलो लाग्यो के।

केही दिनअगाडि मेरो सालीको छोरी एकजना प्रसुति रोग विशेषज्ञकोमा गइन्। उनलाई सन्तान उत्पादन प्रकृयामा केही समस्या रहेछ। केही सानोतिनो जाँच गरेपछि उनले भनिछन्– यो के भएको हो डाक्टर सा‘ब? जवाफमा डाक्टरले भनिछन्– भाग्य खोटो भएर। 

यत्तिले के देखाउँछ भने डाक्टर धितालले जुन ‘प्यासन’को कुरा गरिरहनु भएको छ, म लामो समय शिक्षक भएँ, आदर्शको कुरा गर्ने हो भने विद्यार्थीको नजरमा शिक्षक र बिरामीको नजरमा डाक्टर आमाजस्तै हुन्। तपाईंको एउटा दृष्टिले, एउटा स्पर्शले, एउटा वचन र त्यसको तरिकाले मान्छेको मनमा निरासा उत्पन्न हुनसक्छ। भय उत्पन्न हुनसक्छ। आतंक उत्पन्न हुनसक्छ अथवा उत्साह, आशा, उमंग उत्पन्न हुनसक्छ। डाक्टर भनेको अल्लि करुणामयी हुनुपर्ने होला। शिक्षक पनि करुणामयी हुनुपर्ने होला। तर, त्यस्तो लाग्दैन।

तर, डाक्टरका आफ्ना दुःखहरु छन्। कोही डाक्टर किन हुन खोज्छ? कोही किन त्यहि नै पढ्छ? पठनको प्राथमिकतामा अहिले के छ? कम्प्युटर साइन्स, बायोलोजी, स्टाटस्टिक्स, म्यानेजमेन्ट आदि। तिनै विषय विद्यार्थीले किन रोज्छ? किनकी त्यसको बजार छ। उसको पाठ्यक्रम यति सघन छ कि उसले त्योबाहेक अरु केही पनि पढ्न भ्याउँदैन। दर्शन पढ्दैन। साहित्य, इतिहास, मनोविज्ञान, केही पढ्दैन। मात्र प्राविधिक कुरा पढ्छ। मैले पहिले नै भने– मेडिकल साइन्सले शरीरको अध्ययन गर्छ। डा धितालले भनेजस्तै शरीर त एउटा स्वरुप मात्रै हो। मान्छे भनेको के हो? मान्छे शरीरभित्रको संवेदना हो, चेतना अनि भावना हो।

000

अनि नेपालमा नेता र डाक्टरका उस्तैउस्तै दुःख छन्। एमडीसम्मको अध्ययनका लागि तपाईंले २ करोड रुपैयाँ खर्च गर्नुपर्छ। एउटा निर्वाचन जित्नका निम्ति हाम्रो ‘लठुवा’ले पनि घटिमा २ करोड खर्च गर्छ। खर्च किन गरेको– नाफाको लागि। तपाईं एमडी गर्न २ करोड रुपैयाँ खर्च गरिसकेपछि पहिलो काम त त्यो उठाउने नै हो। त्यसका लागि तपाईंले नानाकिसिमका अनैतिक धन्दाहरु गर्नुपर्छ। शास्त्रले तपाईंलाई ‘प्रोफेसनल इथिक्स’ त पढाएको होला, डाक्टर बन्ने भनेको समाजको सेवा गर्न हो भनेर हामीले पनि भनिएको होला। तर, तपाईंको २ करोड रुपैयाँ खर्च भइसकेको छ। घरको गरगहना सबै सक्किसकेको छ। घरघडेरी धितो राखिएको होला। साहुको ऋण लिइएको होला। त्यो सब तिर्नुपर्छ। यो डाक्टरको दुःख हो।

यसरी नै नेताको दुःख पनि त्यहि नै हो। २ करोड खर्च गरेर सांसद भएपछि उसले त ४ करोड कमाउनुपर्यो। अर्को पटक चुनाव लड्नुछ। जीवनको ऐसआराम, आनन्द, मोजमस्तीको कुरा छ। उसले के गर्छ– ठग्छ, घुस खान्छ, कमिसन खान्छ, बिचौलियाको मित्र हुन्छ। मिठामिठा वाचा गरेर सिंहासनमा जान्छ, तर सबै वाचा बिर्सिदिन्छ।

डाक्टरका दुःख छन्। डा धिताल र डा रामेश कोइरालाले पनि भन्नुभयो, जबसम्म शिक्षा, स्वास्थ्य र यातायात राज्यको जिम्मेवारीमा पर्दैनन्, डाक्टरले बेहोरिरहेका दुःखहरु कम हुँदैनन्। डाक्टरको बिरामीप्रतिको यसअघि मैले चर्चा गरेको जुन व्यवहार छ, त्यो सुधार्नका लागि धेरै गाह्रो छ। म के देख्छु भने, १२/१५/१८ घण्टा डाक्टरले काम गर्छ, नियमित काम कहिं हुन्छ। ‘हेलमेट मास्टर’ भनिन्छ नी, हो त्यस्तै हो डाक्टरको दुःख पनि। जब सामान्य एउटा प्राणी हो डाक्टर भने उसले १२/१५ घण्टा नित्य दिनदिनै काम गर्नुपरेपछि संयम, धैर्य, विनम्रता, करुणा कहाँबाट आउँछ? त्यसलाई ‘इरिटेसन’ होला, झोंक चल्ला, आफ्नो जीवनसँग, समाजसँग, पेसासँग झोंक चल्ला। यो मर्ने व्यथा हो किन नभन्ला? कैंची नै चलाउने किन नभन्ला? यति धेरै समस्या छ।

त्यसैले यो चिकित्सा शास्त्र, चिकित्सा शिक्षा र सेवामा परिवर्तन हुन, डाक्टरको प्रवृत्ति र शैलिमा परिवर्तन हुन, यो आम समाजको संरचनासँग जोडिएको विषय छ। राज्यव्यवस्था, समाजव्यवस्था, त्यसका संरचनाहरु, त्यसले निर्माण गरेका सम्बन्धहरु सबकासब जोडिएर आउँछ।

000

यी सबै कुरा भनिसकेर पनि डाक्टर त देवता हुन्। डाक्टरले तपाईंको आयु बढाउँछ। उसले तपाईंलाई जीवन प्रदान गर्छ। प्रविधिमा अहिले व्यापक रुपमा विकास भएका हुनाले र डाक्टरहरु नयाँ प्रविधिबाट सुसज्जित भएका हुनाले तिनले बिरामीहरुलाई पुनर्जीवन प्रदान गर्छन्। आयु बढाउँछन्। दुःख घटाउँछन्। डाक्टर समाजका आवश्यकता हुन्। शिक्षक पनि त्यत्तिकै आवश्यक हुन्। मैले भन्ने मोटामोटी कुरा यत्तिमात्रै हुन्।

यस विषयमा बोल्न मलाई समय दिनुभयो। अन्य विभिन्न साहित्यिक मेलामा भाग लिँदै आएको मलाई डाक्टरको फेस्टिबल चाहिँ कस्तो होला भन्ने धुमधाम जिज्ञासा थियो। सबैभन्दा रोचक के भयो भने यहाँ प्रकृति विज्ञान, मानविकी, दर्शन, साहित्य, कला, मेडिसिनलाई एक ठाउँमा समायोजन गरियो, जो धेरै राम्रो काम भएको छ। मेडिकल डाक्टरहरु, डाक्टरका पिताहरु, हुनेवाला पिताहरु, यो ‘जंगल सफारी लज’मा डाक्टरको जंगलको बीचमा छु। मैले यति धेरै डाक्टर भइसकेका डाक्टर या हुनेवाला डाक्टर एकैठाउँमा कहिल्यै पनि भेटेको थिइन। मलाई सौभाग्य प्राप्त भयो। तपाईंहरु सबैलाई शुभकामना छ। 

तर, हामीले यो समाजलाई, यो देशलाई र यो पेसालाई राम्रो बनाउनको निम्ती धेरै ठूलो संघर्ष गर्न बाँकि छ। यसबीचमा धेरै ठूला संघर्ष भए, धेरै ठूला बलिदान भए, व्यवस्था परिवर्तन भए तर, राज्य व्यवस्थाको काम गर्ने आधारभूत संस्कृतिमा, त्यसको विधिमा, त्यसको शैलीमा, यी सबै कुराले निर्माण गर्ने सम्बन्धहरुमा पनि परिवर्तन भएको छैन। त्यो, अपरिवर्तन, त्यो उल्टो परिवर्तनलाई हामी झेल्न अभिसप्त छौं। भनेको लोकतन्त्र होइन, लुटतन्त्र छ। भनेको तपाईंले चुनाव जित्नका लागि २ करोड रुपैयाँ खर्च गर्नुपर्छ, फेरि चुनाव जित्नका लागि ४ करोड ठग्नुपर्छ। यो गणतन्त्र पनि होइन, लोकतन्त्र पनि होइन, यो त लुटतन्त्र हो। हामीले यो लुटतन्त्रलाई लोकतन्त्रमा फेर्नुपर्छ।

हाम्रो व्यक्तिगत जीवन छोटो हुन्छ, एक व्यक्तिलाई के लाग्छ भने, मेरै जिन्दगीमा सबै कुरा भइदिए हुन्थ्यो। मेरो जिन्दगी त सकिन्छ, मानव जाति रहन्छ। त्यसकारण तपाईंले जे प्रयत्न गर्नु भएको छ, प्रशंसायोग्य छ।

000

जोकोही बुवाआमाका लागि छोराछोरी सानै लाग्छ। आफ्नै छोराछोरी डाक्टरसँग उपचार गराउँदा विश्वास कम लाग्छ, संकोच र डर पनि उत्तिकै लाग्छ भनिन्छ, तपाईंको अनुभव के छ?

मलाई त त्यो अवसर प्राप्त नै भएको छैन। मेरो छोरी एमबिबिएस गरेपछि अमेरिकामा गएर एमडी गरिन्। मेरो छोरी यहिँ काम गरिरहेको भए सानातिना व्यथाहरुमा छोरीलाई सोधीखोजी गर्ने अवस्था जुर्थ्याे होला। मलाई छोरीको सेवा प्राप्त गर्ने अवसर नमिलेको हुनाले मसँग त्यो अनुभव छैन। 

साहित्य र चिकित्सालाई अलि ठूलो लेन्सबाट पक्कै हेर्नुभएको छ। केही समानता रहेछन् साहित्य र चिकित्सामा?

साहित्य र चिकित्सा भनेका पृथक विषय हुन्। हामीले अगाडि पनि कुरा गर्यौं, चिकित्सा शास्त्रले शरीरमाथि काम गर्छ भने साहित्यले मनमा, आवेगमा, संवेदनामा, सपनामा काम गर्छ। तर, शरीर र मन अभिन्न भएको हुनाले यस अर्थमा यो दुबै विषयमा नजिकको नाता छ। साहित्यको विद्यार्थी भएकोले मलाई त्यस्तो भ्रम भएको हो या त वास्तविक नै हो म जान्दिनँ, मलाई के लाग्छ भने जसले असल साहित्य राम्रोसँग पढ्दैन त्यसमा मानवीय संवेदना, करुणा, परोपकार, क्षमाशीलताको भावना कम हुन्छ। त्यस अर्थमा यो दुईवटै विषयलाई जोडेर हेर्नुपर्छ।

(सौराहामा सम्पन्न दोस्रो मेडिकल लिटरेचर मेलामा ‘डाक्टरका पिता’ सत्रमा लेखक खगेन्द्र संग्रौलाले राखेको विचारको सम्पादित अंश। सो सत्रमा संग्रौलासँगै लेखक नारायण ढकाललाई डा सुवास प्याकुरेलले सहजीकरण गरेका थिए।)

प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  १३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्