सर्लाही– सर्लाहीमा घुरबाट सल्केको आगोले ६ वटा पसलमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ।
मलगंवा नगरपालिका–१० स्थित जिविस चौकका शंकर गुप्ताको बाख्राको खोरमा लामखुट्टे भगाउन बालेको घुरबाट बिहीबार बिहान करिब २ बजे आगलागी भएको हो।
आगलागीबाट स्थानीय राज नारायण ठाकुर र प्रमोद शर्मा ठाकुरको फर्निचर पसल, राज किसुन पण्डितको किराना पसल, हुसैनी मुकेरीको सिरक र डसना बनाउने पसल, पिन्टु यादवको पसल र शम्भु ठाकुर हजामको शैलुनमा क्षति पुगेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र दमकलको सहयोगमा २ घण्टापछि आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।