• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

हात्तीको आक्रमणबाट घाइते महिला एक महिनादेखि बेवारिसे

64x64
नेपाल लाइभ बिहीबार, चैत २१, २०७५  १२:३८
1140x725

प्रतीकात्मक तस्बिर


नानीमैया कटवाल/सप्तरी– हात्तीको आक्रमणमा परेर घाइते बनेकी एक महिला साढे एक महिनादेखि मृत्युसँग संघर्ष गरिरहेकी छन्। नाम, ठेगाना, उमेर नखुलेकी ती महिलाको परिवार फेला नपर्दा उपचार र स्याहारको अभावमा एक महिना १२ दिनदेखि मृत्युसँग संघर्ष गरिरहेकी छन्। 

घाइते बिरामीको पहिचान हुन नसकेकाले उपचार र स्याहारमा समस्या परेको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालले भने, 'हात्तीको आक्रमणले घाइते महिलाको उपचार डिभिजन वन कार्यालय र कोशीटप्पु वन्यजन्तु आरक्षले गर्नुपर्छ।' 

प्रनाउ रिमालका अनुसार हात्तीको आक्रमणमा परी घाइते महिलालाई अग्निसाइर कृष्ण सवरन गाउँपालिका–१ बाट बेवारिसे अवस्थामा फेला पारी प्रहरीले उद्धार गरी गत फागुन ९ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराएको हो तर, उनको रेखदेख गर्ने कोही छैन।

वन ऐनको ७१ ख तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको ३ घ मा राष्ट्रिय निकुञ्ज तथा आरक्षभन्दा बाहिर वन्यजन्तुको आक्रमणमा परी धनजनको क्षति भएमा त्यस्तो क्षतिबापत तोकिएबमोजिम राहत दिइनेछ भनी उल्लेख छ। तर, वन कार्यालय, आरक्ष र जिल्ला प्रशासन कार्यालय यसबारे अनभिज्ञ छन्। 

आफूलाई यसबारे प्रहरीले कुनै जानकारी नगराएकोमा आश्चर्य प्रकट गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उनको बारेमा प्रचारप्रसार गरी परिवारको खोजी गरी पुनःस्थापनाको प्रयास गरिने बताए। 

घाइते बिरामी महिलाको आफन्त पत्ता लाग्न नसके उद्धार र उपचारको अन्य विकल्प खोज्नुपर्ने उनले बताए। 

डिभिजन वन कार्यालय, सप्तरीका प्रमुख धीरेन्द्रप्रसाद सिंहले वन कार्यालय र प्रहरीको उद्धारमा अस्पताल भर्ना भएकी महिला सञ्चो भएर घर फर्किसकेको बताए। तर, बिरामीको घरपरिवार नै पत्ता नलागेको र भाँचिएको हातसमेत आर्थिक अभावमा नजोडिएको बताएपछि सिंहले कुरा फेर्दे भने, 'बिरामी करिब ठीक भइसकेको थियो, बिरामी अवस्थामै रहेछ भने औषधोपचारको खर्च तत्कालै उपलब्ध गराउनेछौं।' उनले थपे, 'वन कार्यालयले बिरामीको पूरै निगरानी राख्न सक्दैन, कुरुवा पनि राख्न सक्दैन तर औषधोपचारको खर्च व्यहोर्छ।' 

Ncell 2
Ncell 2

अस्पतालले भने घाइते बेवारिसे महिलालाई प्रहरीले अस्पतालमा ल्याएर छाडेपछि कोही पनि फर्केर नआएको र औषधोपचारमा कसैले पनि सहयोग नगरेकाले भाँचिएको हातमा स्टिल लगाउन नसकेको जनाएको छ। 

बिरामीको प्राथमिक उपचार गरिए पनि भाँचिएको हात जोड्न लगाउनु पर्ने स्टिलको खर्च कतैबाट उपलब्ध नभएको आकस्मिक विभागका इञ्चार्ज धनेश्वर साहले बताए। 
सामान्य प्लाष्टर हटाएर एक्सरे गर्दा हात नजोडिएको देखिएकाले स्टिल नै लगाउनु पर्ने र त्यस्का लागि करीब १० हजार लाग्ने उहाँले जानकारी दिए। 

बिरामीको थप उपचारको आवश्यक्ता रहे पनि बाहिर पठाउन नसकिएको भन्दै अस्पतालकी सिनियर स्टाफ नर्स लक्ष्मी चौधरीले सरसफाइ र खानाको कमीले बिरामी कमजोर बन्दै गएको बताइन्।
दाहिने हात भाँचिएकी घाइते महिलाको छाती, तिघ्रामा समेत चोट लागेको छ। केही बताउन नसक्ने उनी हिंडडुल गर्न पनि सक्दिनन्। छेउका अन्य बिरामी हेर्न आउनेले दया गरी दिएको बिस्कुट, फलफूल पाए खान्छिन् नभए भोकै, प्यासै सुत्छिन्। 

दिसापिसाब आएको पनि चाल नपाउने उनको खुट्टामा उनकै दिसा कटकटिएर सुकेको छ। साढे एक महिनादेखि एउटै लुगामा रहेकी उनको कम्मरबाट खुस्किएको पेटिकोट झरेकाले उनको लाज छोपी दिन अन्य बिरामीका कुरुवाले माथिबाट तन्नाले ढाकी दिने गर्छन्। उनलाई शौचालयको छेउ एकान्तमा चिसो भुइँमा सुताइएको छ। 

बेवारिसे बिरामीलाई ल्याउने प्रहरीले घरठेगाना पत्ता लगाउन भने ध्यान नदिने गरेको अस्पतालका कर्मचारीको गुनासो छ। अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी ‘फोकल पर्सन’ मनिषा सिम्खडाले अस्पताल ल्याइदिएर मात्र प्रहरीको जिम्मेवारी पुरा नहुने बताइन्। घाइते बिरामीको नाम, ठेगाना पत्ता नलाग्दा कुनै पनि स्थानीय निकायले अभिभावकत्व ग्रहण नगर्ने भएकाले पुनःस्थापना केन्द्र पठाउन पनि नसकिएको उनले बताए।

अस्पतालले प्राथमिक उपचार गरिरहे पनि थप उपचार, सरसफाइ उचित खानपिनको व्यवस्था हुन नसक्दा उनी जीवनमरणको संघर्षमा छट्पटाइरहेकी छन्। 

नेपालको संविधानको धारा ३५ ले स्वास्थ्यसम्बन्धी हक, धारा ३६ ले खाद्यसम्बन्धी हक र धारा ४३ ले सामाजिक सुरक्षाको हक प्रत्याभूत गरे पनि आर्थिकरूपले विपन्न, अशक्त, आफ्नो हेरचाह आफैं गर्न नसक्ने अपाङ्गता भएकी असहाय महिलाले कानुनबमोजिम कुनै पनि अधिकार उपभोग गर्न पाएकी छैनन्। 

सम्बन्धित निकाय, स्थानीय प्रतिनिधि, प्रशासन र राज्यसमेत बेखबर छन्।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  १२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन
कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश बुधबार, माघ ७, २०८२
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्