स्कटल्यान्ड (एजेन्सी)– अत्याधिक मदिरा सेवन गरेर हवाई यात्रा गर्न लागेका स्कटल्यान्डका तीन रक्बी खेलाडीलाई विमानले यात्रा गर्न प्रतिबन्ध लगाएको छ। यो घटनापछि स्कटल्यान्डले आफ्नो रक्बी लिगको विश्वकप टिमका कप्तान डानी ब्रोगसहित २ जनालाई बर्खास्त गरेको छ।
स्कटिस टिम समूह चरणको खेल खेल्न न्युजिल्यान्डको क्राइश्चर्चबाट सिधै सामोआ आइसल्यान्डको भ्रमण गर्दैथियो। प्लेन उड्नुअघि कप्तान डेनीसहित साम ब्रुक्स र जोनी वाल्करले अत्याधिक मदिरा सेवन गरेका थिए। त्यसैले उनीहरुलाई विमानले उडाउन मानेन।
स्कटल्यान्डका रक्बी लिग अध्यक्ष केथ होगले घटनापछि प्रतिक्रिया दिँदै भने, ‘यी खेलाडीले अनुशाषन तोडे। उनीहरुलाई टिमबाट बाहिर गरिएको छ।’
हुडर्सफिल्ड जाइन्ट्सका हाफ–ब्याक ब्रुग र फेदरस्टोन रोभर्सका ब्रुक्स र डार्लिङटन प्वाइन्टर रुस्टरर्सका वाल्कर टिमका अन्य सदस्यसँग विमान उड्नुअघि खानपिनमा समावेश भएका थिए। अन्य खेलाडीले हल्का खानपिनपछि आफूलाई संयमित बनाए तर उनीहरुले मदिरा सेवनलाई निरन्तरता दिएको बताइएको छ।
३४ वर्षीय ब्रोग स्कटल्यान्डबाट सर्वाधिक रक्बी खेल्ने खेलाडी हुन्। उनले २४ खेल खेलिसकेका छन्। २६ वर्षीय वाल्करका भाई एडम पनि स्कटल्यान्डको टिममा छन्। उनले ६ अन्तर्राष्ट्रिय खेलेका छन्।
२४ वर्षीय ब्रुक्सले तीन खेल मात्र खेलेका छन्। ‘हामीले खेलको सम्मान गर्नुपर्छ। मैदान भित्र मात्र होइन, बाहिर पनि यसको गरिमा बनाइरहनु पर्दछ,’ होगले भने। स्कटल्यान्डले विश्वकपको समूह ‘बी’ अन्तर्गत टोगो र न्युजिल्यान्ड विरुद्धको खेल हारिसकेको छ। उसले सामोआलाई हराएर तेस्रो स्थान सुरक्षित गर्ने आशा राखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।