म्याड्रिड- स्पेनिस ला लिगमा रियल म्याड्रिड फेरि पराजित भएको छ। रियललाई गए राति भएको खेलमा भ्यालेन्सियाले २-१ गोलले पराजित गरेको हो। जिनेदिन जिदान प्रशिक्षकमा फर्किएपछि रियलले पहिलो पटक हार बेहोरेको हो।
खेलको ३५ मिनेटमा गोल्कानो ग्युडेसले गोल गरेर भ्यालेन्सियलाई अग्रता दिलाए। ८३ मिनेटमा गारेले भ्यालेन्सियाको अग्रता दोब्बर पारेपछि रियलमाथि झन् दबाब परेको थियो। रियलका लागि करिम बेन्जिमाले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेपछि उसलाई खेलमा फर्कन ढिल भइसकेको थियो।
लिगको अन्य खेलमा एथलेटिको बिल्बाओले लेभान्टेलाई ३-२ र एइबारले रायो भालेकानोले २-१ ले हराएका छन्। हिउस्का र सेल्भा भिगोले ३-३ को बराबरी खेलेका छन्।
लिगमा शीर्ष स्थानको बार्सिलोनाको ३० खेलबाट ७० अंक छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ६२ अंक छ भने रियल ५७ अंक जोड्दै तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।