• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

चाबहिल–साँखु सडकखण्ड : धुलोले आक्रान्त ट्राफिक प्रहरी 

64x64
नेपाल लाइभ बिहीबार, चैत २१, २०७५  ०९:१०
1140x725

आदित्य दाहाल/साँखु– निर्माणाधीन चाबहिल–साँखु सडकखण्ड दैनिक धुलो र धुवाँले कुहिरी मण्डल बन्ने गरेको छ। यो सडकखण्डमा अहिले पनि कतै नाला बनाउने, कतै सडक बढाउने त कतै ग्राभेल बिछ्याउने काम भइरहेको छ।

निर्माण सुरु भएको लामो समय बितिसक्दासमेत यस सडकखण्डले पूर्णता पाउन सकेको छैन। सडकको यो दयनीय अवस्थाका कारण सर्वसाधण त हैरानीमा छन् नै यसको मुख्य चपेटामा ट्राफिक प्रहरी पनि पर्ने गरेका छन्। 

बिहान उज्यालो भएदेखि सडकमा बसेर मध्यरातसम्म घाँटी सुक्नेगरी सिटी फुक्ने ट्राफिक प्रहरीको दिनचर्या नै हो। त्यहीँमाथि सडकको धुलो र धुँवाले सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरी पनि आजित भएका छन्।

बौद्धको सडकको ‘ड्युटी’मा खटिरहेका प्रहरी जवान समीर दाहालको शरीरका कुनै अङ्गले फुर्सद पाएको देखिँदैन। यताउता दौडिँदै हातको इसाराले सवारीसाधनलाई सही बाटोमा लगाउँदै हिँडिरहेको उहाँ व्यस्त देखिन्थे। 

सिटी फुक्दै अटेर गरेर बस्ने ठूला बसलाई धपाउँदैमा दाहाल चर्का स्वरमा जान आग्रह गर्थे। तर, कतिले अटेर गर्थे भने कति सजिलै बाटो लाग्थे। दाहाल भन्छन्, 'सडक निर्माणका लागि ल्याएको गिट्टी सडकको बीच भागमा राखेकाले सवारी जाम हुने गरेको छ। जामलाई हटाउन सिटी बजाउनुपर्ने हुन्छ, हरेकपटक सिटी बजाउन ‘मास्क’ खोल्नुपर्दा धुलोधुवाँबाट समेत बच्न सकिँदैन।' 

दैनिक यसरी नै सडकमा धुवाँधुलो र गाडीका चालकलाई लाइनमा लगाउँदै बित्ने गरेको ट्राफिक प्रहरी बताउँछन्। चाबहिलदेखि साँखुसम्मको सडकखण्डमा जम्मा दुई ठाउँमा कालोपत्र गरेको भेटिन्छ। उक्त सडकखण्डमध्ये चुच्चेपाटीदेखि बौद्धको टुसालसम्म ५०० मिटर र थलीको ओरालोमात्र कालोपत्र भएको छ। बाकीँ पूरै सडक कच्ची छन्। 

महानगरीय प्रहरी वृत्त बौद्धका ट्राफिक प्रहरी प्रमुख हृदयेश सापकोटा भन्छन्, 'बिहानदेखि बेलुकासम्म सडकमा हुन्छौं। एक घण्टा सडकमा बस्दा धुलोले मान्छे चिनिँदैन। कराउँदाकराउँदै स्वर बस्छ, अझ धुलोबाट हुने रुघाखोकी, दम, एलर्जीलगायत फोक्सोसम्बन्धी रोगको प्रत्यक्ष समस्याबाट दिनानुदिन गुज्रिनुपरेको छ।'  

सापकोटाका अनुसार बौद्ध मातहतमा ४२ ट्राफिक प्रहरी कार्यरत छन्। कपनको आंशिक क्षेत्रबाहेक साँखु र बौद्धका ट्राफिक प्रहरी धुलोको मुख्य मारमा परेका छन्। चाबहिल–साँखु सडक चार लेनको बनाउने भन्दै लामो समयदेखि भत्काउने र खन्ने काम भएको छ।

Ncell 2
Ncell 2

सडकभरि माटोको थुप्रो र हिलोको समस्या भनिसाध्य छैन। सडकको छिटो काम सकिए पनि ठूलो समस्याबाट मुक्ति मिल्ने बौद्धका ट्राफिक प्रहरी चतेन्द्रराज श्रेष्ठ बताउँछन्। अहिले जोरपाटीको ओरालोमा त १० मिनेट पनि बस्न सक्ने अवस्था नभएको उनले सुनाए।

विसं २०७२ बाट सडक बनाउने भन्दै बाटो भत्काउन थालेपछि सडक साँघुरा भएका छन्। सडकको क्षमताभन्दा सवारीसाधनको चाप धेरै छ। महानगरीय प्रहरी प्रभाग साँखुमा कार्यरत ट्राफिक प्रहरी बिलकुमार राई भन्छन्, 'मास्क लगायो केही समयमै सिटी फुक्नका लागि खोल्नुपर्छ। फिल्टर भएको मास्क भए पनि सवारीसाधनले उडाउने अत्यधिक धुँवाधुलो सजिलै मुखभित्र छिर्छ।' 

समयमै बाटो कालोपत्र भए सबैलाई सजिलो हुने उनको भनाइ छ। 

धुवाँ र धुलोबाट आक्रान्त भएका ट्राफिक प्रहरी दिनरात नभनी २० घण्टा ड्युटी गर्ने गर्दछन्। कराउँदा घाँटी दुख्ने र स्वर पनि सुक्ने गरेको छ। धुलोका कारण सबैभन्दा बढी बिरामी हुने गरेको ट्राफिक प्रहरी हवल्दार बालकृष्ण पन्त बताउँछन्।

दैनिक बिहान बेलुकाको धुलोमा गर्नुपरेको ड्युटीले कपडाको रङ नै परिर्वतन हुन्छ। धुलोका कारण दिनमा दुईपटक कपडा फेर्ने गरेको ट्राफिक प्रहरी बताउँछन्। 

बन्दै गरेको सडकको बीच भागमै निर्माण साम्रगी राख्नाले पनि सवारी साधनलाई निरन्तर ‘पास’ गराउन समस्या हुन्छ। 'ठेकेदारलाई यस विषयमा ध्यानाकर्षण पनि गराएँ तर उनीहरु सुने नसुनेझैं गर्छन', बौद्धका ट्राफिक प्रहरी प्रमुख सापकोटाले भने, 'धुलो, धुवाँ र हिलो खाँदै सडकमा काम गरिरहेका छौं।'

सरकारले ट्राफिकलाई वर्षमा दुई जोर कपडा दिन्छ। सरकारले दिएको कपडा ६ महिना टिक्दैन भने एकजोर बुट बढीमा तीन महीना नखप्ने ट्राफिक प्रहरीको गुनासो छ। 

सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो। 

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले अहिले धमाधम सडक बिस्तार गरिरहेका छन्।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उक्त

सडकखण्ड छिटोभन्दा छिटो निर्माण हुने बताए पनि सडक निर्माणले कहिले पूर्णता पाउँछ भन्ने अझै टुङ्गो छैन।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
गगन थापाले भने– नागरिकको सेवक हुन सर्लाही आएको हुँ सोमबार, माघ १२, २०८२
निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी संगठनलाई महानिरीक्षक अर्यालको निर्देशन सोमबार, माघ १२, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
पूर्वराजा साहले गरे जानकी मन्दिरमा पूजा-अर्चना सोमबार, माघ १२, २०८२
४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्