लन्डन- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी फेरि शीर्ष स्थानमा उक्लिएको छ। सिटीले गए राति भएको खेलमा कार्डिफ सिटीलाई २-० गोलले पराजित गरेर शीर्ष स्थानमा पुन: स्थान बनाएको हो।
सिटीको जितमा केभिन डे ब्रइनले छैटौं मिनेटमा पहिलो गोल गरे। ४४ मिनेटमा लिरोए सानले सिटीको अग्रता दोब्बर पारेका थिए।
यता अंक तालिकाको तेस्रो स्थानमा रहेको टोटनह्यामले क्रिस्टल प्यालेसमाथि २-० को जित हात पारेको छ। टोटनह्यामका लागि सन हेउन मिनले ५५ र इरिक्सनले ८० मिनेटमा गोल गरेका थिए।
चेल्सीले ब्रिङ्टनमाथि ३-० को जित हात पारेको छ। चेल्सीका लागि ओलिभर जिरुडले ३८ मिनेटमा गोल गर। इडिन हजार्डले ६० र लोफ्टस चेकले ६३ गोलले गरे।
लिगको शीर्ष स्थानको सिटीको ३२ खेलबाट ८० अंक छ। दोस्रो स्थानको लिभरपुलको ७९ अंक छ। टोटनह्याम ३२ खेलबाट ६४ अंकसहित तेस्रो स्थानमा छ।
अब लिगको बाँकी ६ खेलबाट उपाधि भिडन्तको टुंगो लाग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।