काठमाडौं- आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले पहिलो हार बेहोरेको छ। चेन्नईलाई गए राति भएको खेलमा मुम्बई इन्डियन्सले ३७ रनले पराजित गरेको हो।
मुम्बईमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टिम मुम्बईले ५ विकेटको क्षतिमा १ सय ७० रन जोड्यो। उसका लागि सूर्यकुमार यादवले ५९ रन जोडे। क्रुनाल पाण्डेले ३२ बलमा ४२ रन जोडे भने हार्दिक पाण्ड्याले ८ बलमा २२ रनको योगदान दिए। यस्तै केइरण पोलार्डले ७ बलमा १७ रन जोडे।
१ सय ७१ रनको लक्ष्य पछ्याउको चेन्नईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रन मात्र जोड्न सक्यो। उसका लागि केदार जादवले ५८ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा मुम्बईका हार्दिक पाण्ड्या र लासिद मालिङ्गाले ३-३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।