• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सप्तरीमा एक वर्षमा ४८ जनाले गरे आत्महत्या

64x64
नेपाल लाइभ बिहीबार, चैत २१, २०७५  ०७:१७
1140x725

दिनेश शर्मा/राजविराज– १६ चैतमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ का ५० वर्षीय रामभजन यादवले झुण्डिएर आत्महत्या गरे। 

घरबाट ५ मिटर उत्तरमा रहेको आँपको रुखमा गम्छाले पासो लगाई झुण्डिएको अवस्थामा उनको शव फेला पर्‍यो। प्रहरीले शवको पोष्टमार्टम गरी घटनाको अनुसन्धान गरिरहेको छ। 

१२ चैतमा सप्तरीमा एकै दिन दुई जनाले आत्महत्या गरे। राजविराज नगरपालिका–५ स्वर्णटोका ४९ वर्षीय बब्लु सिहंको शव आफ्नै कोठाको सिलिङ पंखामा झुण्डिएको अवस्थामा फेला पर्‍यो। गम्छाको पासो लगाइ उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ।

प्रारम्भिक अनुसन्धान र शवको पोष्टमार्टम गरी प्रहरीले घटनाको यथार्थ पत्ता लगाउने प्रयास गरिरहेको छ। 

यसैगरी सोही दिन राजगढ गाउँपालिका–४, बेल्हीचपेना बस्ने ६० वर्षीय बलराम सुतिहार(शर्मा) ले गोठको कोरोमा डोरी लगाइ झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनायो। 

७ चैतमा अग्निसाइर कृष्णसवरण गाँउपालिका–५ का २३ वर्षीय युवा उपेन्द्र साहले आत्महत्या गरे। ५ सय मिटरको दुरीमा रहेको झाप्रोको बलोमा गम्छाले पासो लगाइ झुण्डिएको अवस्थामा उनको शव फेला पर्‍यो।

४ चैतमा डाक्नेश्वरी नगरपालिका पोखरिया घर भई राजविराज–७ खर्सालटोल बस्ने रामनाथ महतोका १० वर्षीय छोरा राहुलराज महतो कोठाको पंखामा झुण्डिरहेको भेटिए।

गम्भीर अवस्थामा फेला परेका उनलाई दिदीले बचाउन गरेको प्रयास असफल भयो। उपचारका लागि अस्पताल लाँदालाँदै बाटोमै मृत्यु भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

उल्लेखित घटना सप्तरीमा आत्महत्याको अवस्था देखाउने प्रतिनिधि घट्ना हुन्। जिल्लाको समग्र अवस्था भने अझै डरलाग्दो छ। तथ्यांकअनुसार चैत महिनाको दोस्रो साता नबित्दै ६ जनाले आत्महत्या गरेका छन्। फागुन महिनामा पनि ६ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

चालु आर्थिक वर्षको चैत महिनाभित्रै सप्तरीमा ४८ जनाले आत्महत्या गरिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। जसमा महिलाको संख्या अधिक छ।

आत्महत्या गर्ने मध्ये २० वर्ष मुनिका युवा र बालबालिका समेत छन्। 

यसैगरी, आव ०७४/०७५ मा ३६ पुरुष र ४९ महिला गरी ८५ जनाले आत्महत्या गरेका छन्। जसमा २० वर्ष मुनिका बालबालिका र युवाको संख्या १६ छ। आव ०७३/०७४ मा २६ पुरुष र ३३ महिला गरी ५९ जना तथा आव ०७२/०७३ मा ३१ पुरुष र २२ महिला गरी ५३ जनाले आत्महत्या गरेको सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिए। 

Xtrem

Xtrem

सानातिना कुरामा चित्त नबुझाएर आत्महत्या गर्ने प्रवृत्ति सप्तरीमा धेरै रहेको उनको भनाइ छ। अधिकांशले डोरीमा पासो लगाइ झुण्डिएर तथा विष सेवन गरी आत्महत्या गर्ने गरेको पाइएको छ।

गरिबी, सामाजिक मूल्यमान्यता, मानसिक समस्या, विभिन्न प्राकृतिक विपत्ति, प्रेममा असफलता लगायतका कारणले आत्महत्याका घटनामा वृद्वि भएको प्रहरीे अनुसन्धानले देखाएको छ। रक्सी तथा लागुपदार्थ दुर्व्यसन, व्यक्तित्वमा आउने उतारचढाव आदि पनि आत्महत्याका कारण भएको विष्टले जानकारी दिए। 

बढ्दो दरमा रहेको आत्महत्याका घटना नियन्त्रण गर्न नसकेको भयावह अवस्था आउन सक्ने उनको चिन्ता छ। आत्महत्याको दर घटाउन विशेष अभियान चलाउनु पर्ने र सामूहिक प्रयासको आवश्यकता रहेको जानकारहरू बताउँछन्। 

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार वर्षेनी करिब १० लाख मानिसले आत्महत्या गर्ने गरेको र सन् २०२० सम्ममा यो संख्या करिब २० लाख पुग्ने अनुमान गरिएको छ। विश्वमा हरेक तीन सेकेन्डमा एक जनाले आत्महत्याको प्रयास र ४० सेकेन्डमा एकको मृत्यु हुने गरेको पाइन्छ। 

प्राकृतिक तथा मानवनिर्मित प्रकोप, युद्ध, आतंककारी हमला, हत्या र हिंसाबाट हुने वार्षिक मृत्युदरभन्दा आत्महत्याको दर बढी रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रायः पुरुषभन्दा बढी महिलाले आत्महत्याको प्रयास गरेपनि खतरनाक तरिका अपनाउने हुनाले पुरुषहरू नै बढी मर्ने गरेको पाइएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  ०७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्