राजविराज– सप्तरीमा जंगली हात्तीको आक्रमणमा परी एक किसान गम्भीर घाइते भएका छन्।
हनुमाननगर कंकालिनी नगरपालिका १, भारदहका ३५ वर्षीय पवन लौगीलाई हात्तीले आक्रमण गरी घाइते बनाएको हो।
हात्तीको आक्रमणमा परी उनको करङ भाँचिएको छ भने शरीरका अन्य भागमा चोट लागेको छ।
घाइते लौगीलाई उपचारका लागि सुनरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
भारदहस्थित कोशी किनारमा रहेको केरा बारीमा काम गरिरहेका लौगीलाई कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले लखेटेर घाइते बनाएको हो।
भागेर रुख चढ्न खोजेका उनलाई हात्तीले तानेर झटारो हानेको स्थानीयले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।