काठमाडौं- एनआइसी एसिया बैंकले २२ वर्ष प्रवेशका अवसरमा २२ विशेषता सहितका १५ नयाँ योजना सार्वजनिक गरेको छ। बैंकले बुधबारदेखि चमत्कारिक विशेषतासहितको निक्षेप योजना ल्याएको हो।
बैंकले चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता,चमत्कारिक बाबुनानी बचत खाता,चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता र कर्मचारीहरुलाई लक्षित गरि चमत्कारिक तलब बचत खाता संचालनमा ल्याएको हो।
यो योजनाले आम जनतामा बचत गर्ने बानीलाई अभिवृद्ध गर्ने विश्वास बैंकले लिएको जनाएको छ।
यो निक्षेपमा १५ लाखसम्मको दुर्घटना बिमा, १५ लाख सम्मको १८ घातक रोग बिमा, १ लाख ५० हजारसम्मको औषधि उपचार बीमाका सुविधा पाइने बैंकले जनाएको छ।
कर्जामा विशेष छुट र सहुलियतसहितको २२ चमत्कारिक फाइदा छ।
यो चमत्कारिक बचत खाता बैंकको २ सय ८१ वटै शाखाकार्यालय, अनलाइनबाट सहज रूपमा खोल्न सकिने बैंकले जनाएको छ। यो सुविधाबाहेक पनि पहिलो पटक स्वीप इन र स्वीप आउटको सुविधा बचत खातामा मुद्दती खाताकै सुविधा पाइने बैंकले जनाएको छ।
बैंकका अनुसार बैकको कुनैपनि एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा समेत छ। बैंकले नारी बचत योजनामा सुनचाँदीका सिक्का समेत दिने जनाएको छ।
बैंकका अनुसार घरमै बैंकिङ्ग सुविधा प्रदान गर्नसक्ने थप सुविधातथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना, चमत्कारिक बिद्यार्थी बचत योजना र आमकर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा दिने तलब खाता समेत ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।