काठमाडौं– सेवाग्राहीसँग लिएको १७ हजार घुससहित एक प्रहरी जवान पक्राउ परेका छन्।
वैदेशिक रोजगार विभाग काठमाडौंमा खटिएका प्रहरी जवान गणेश लोहारले साउदी अरबका लागि श्रम स्वीकृति लिने सिलसिलामा सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका हुन्।
लोहारलाई महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी टोलीले ताहचलस्थित श्रम कार्यालयबाट मंगलबार पक्राउ गरेको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।