काठमाडौं– यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि न्यू डायमण्ड एकेडेमीले हात पारेको छ ।
आइतबार भएको फाइनलमा डायमण्डले बुटवलको एभरेस्ट बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा हरायो। डायमण्डले २५–१३, २५–१४ र २५–१७ को सहज जित निकालेको हो। जितसँगै डायमण्डले एक लाख रुपैयाँ हात पारेको छ। उपविजेता एभरेस्टले नगद ६० हजारमा चित्त बुझायो।
तेस्रो स्थानको खेलमा टप्स मावि पोखराले कुलेश्वरको पारामाउन्टलाई ३–० को सोझो सेटमा पराजित गर्दै ३५ हजार हात पारेको छ ।
डायमण्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी घोषित भइन्। मालीले नगद ५ हजार हात पारिन्। डायमण्डका कृपा अधिकारी उत्कृष्ट सेटर र रस्मिता दुरा उत्कृष्ट डिफेन्डर बने। एभरेस्टका पुनम चन्द उत्कृष्ट स्पाइकर र कामना विष्ट उत्कृष्ट ब्लकर चुनिए। टप्सकी ममता डगौरा उत्कृष्ट सरभर घोषित भइन् । उत्कष्ट सबैले नगद तीन हजार हात पारे ।
पुरुषको उपाधिका लागि न्युटन हाइस्कुल र बङताङ सोमबार प्रतिस्पर्धा गर्नेछन्। यसअघि सेक्रेहार्ट माविले नुवाकोट बुङताङलाई हराउँदै फाइनल पुगेको थियो । तर, थ्री स्टारले दर्ता गराएको उजुरीपछि सेक्रेटहार्ट प्रतियोगितामा खेल्न अयोग्य भएको आयोजक नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष रामवहादुर केसीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।