काठमाडौं– एएफसी कपको पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ।
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा समूह 'ई' को पहिलो खेलमा मनाङलाई बंगलादेशको लिग च्याम्पियन अबहानी लिमिटेड ढाकाले १–० गोलले पराजित गरेको हो।
ढाकाको जितमा मसिह साइघानीले २८ मिनेटमा गोल गरे। अफगानिस्तानका साइघानीले हेडमार्फत गोल गरेका थिए।
त्यसअघि खेलको सुरुवातमा मनाङले ढाकामाथि दबाब बढाएको थियो। पाँचौ मिनेटमा विशाल राईले डिबक्स भित्रबाट हानेको प्रहारलाई ढाकाका गोलकिपरले विफल पारे।
विशाललाई अफिज ओलावालेले पास दिएका थिए। नवौं मिनेटमा हेमन गुङङको प्रहारलाई पनि गोलमा परिणत हुन सकेन। १२ मिनेटमा अन्जन विष्टले कमल श्रेष्ठको पासमा हानेको प्रहारल पनि गोलको दिशा लिन सकेन।

२८ मिनेटमा ढाकालाई सइघानीले रुवेल मियाको क्रसमा हेडमार्फत गोल गर्दा घरेलु दर्शक स्तब्ध बनेका थिए।
लगत्तै ओलावालेले अन्जनको पासमा गरेको प्रहारलाई ढाकाका गोलकिपरले बचाए। ३७ मिनेटमा अन्जको अर्को प्रहारले गोलपोस्टको दिशा लिन सकेन। उनको हेडर पोस्ट नजिकबाट बाहिरियो।

दोस्रो हाफमा मनाङले खेलमा सुधार ल्याउन सकेन। उल्टो ढाकाले मनाङमाथि दबाब बढायो। ८० मिनेटमा ढाकाले अग्रता दोब्बर बनाउने अवसर गुमाएको थियो। सनडेको प्रहार पोलमा लागेर फर्किएको थियो। लगत्तै उनको प्रहार थोरैले आउट भयो।
मनाङको समूहमा भारतको मिनेरभा मञ्जाब र चेन्नई एफसी पनि छ। तीनै टिमसँग मनाङले ‘होम एण्ड अवे’ का आधारमा खेल्नेछ।
भिडियो :
नेपालले दोस्रो खेल वैशाख ४ गते चेन्नइयनसँग दिल्लीमा खेल्नेछ। यस्तै पन्जावसँग वैशाख १४ गते एन्फा कम्प्लेक्समा हुनेछ। त्यसपछि दोस्रो लेगका खेल हुनेछन्।
मनाङले लिग च्याम्पियनको रुपमा एएफसी कपमा स्थान पक्का गरेको हो। मनाङले पहिलो पटक एएफसी कप खेलेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।