काठमाडौं- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियनसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उपत्यका बाहिरको मत गणना सकिएको छ। अहिले मतगणना उपत्यका प्रवेश गरेको छ।
हाल प्रजातान्त्रिक प्यानलका अध्यक्षका प्रत्यसी सुनिककुमार पोखरेलले अग्रता कायम गरेका छन्।
पोखरेलले १७ सय ८७ मत पाएका छन् भने उनका प्रतिस्पर्धी प्रगतीशीलका उम्मेदबार चण्डेश्वर श्रेष्ठले १५ सय ६१ मत पाएका छन्।
प्रजातान्त्रिक प्यानल महासचिवमा पनि अगाडि रहेको छ। महासचिवका उम्मेदवार लिलामणी पोखरेलले प्रगतीशीलका उम्मेदार सुरेन्द्र बा थापालाई २ सय ९० मतले पछाडि पारेका छन्।
लिलामणिले १७ सय ८५ मत प्राप्त गरेका छन् भने थापाले १४ सय ९५ मत प्राप्त गरेका छन्। बारमा उपत्यका मत निर्णायक हुने छ। करीब ५० प्रतिशत मतदाता उपत्यकामा छन्।
उपत्यकाभित्र मात्र ४ हजार ४३ मत खसेको थियो। सर्वोच्च बारमा ६ सय ४४ मत रहेको छ भने पाटन पुनरावेदन बारमा १ हजार ६८ मत खसेको थियो।
काठमाडौं बारमा १ हजार ५ सय ८० मत खसेको थियो।
तीनवर्षे नयाँ कार्यसमितिका लागि ६३ उम्मेदवार मैदानमा रहेका छन्। कार्यसमिति २५ सदस्यीय हुनेछ। अध्यक्ष पदमा ८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक–एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्यका लागि मतदान भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।