काठमाडौं– धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले एक दिनको तलब रकम पर्सा र बाराका हावाहुरी पीडितलाई दिने निर्णय गरेका छन्।
उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मानवीय संकटमा मल्हम लगाउनका लागि एक दिनको तलब दिने निर्णय गरेको बताए।
उनले भने, 'संकट परेका बेला सहयोग गर्नु मानवीय धर्म हो।'
नगरप्रमुख वडले पर्सा र बाराका हावाहुरी पीडितका लागि जे जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन नगरबासी र धनगढीका क्रियाशील संघसंस्थासँग आग्रह समेत गरेका छन्।
धनगढी उप–महानगरपालिकाकामा जनप्रतिनिधि र कर्मचारीहरू झण्डै ३ सय भन्दा बढी रहेका छन्।
नगरप्रमुख वडका अनुसार एक दिनको तलब मात्रै हावाहुरी पीडितलाई दिएमा अढाइ लाख भन्दा बढी हुन जान्छ।
नगरप्रमुख वडले बुधबार नै प्रक्रिया अगाडि बढाउन लेखालाई निर्देशन दिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।