• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

निर्मला हत्या अनुसन्धान : हल्ला के, यथार्थ के?

64x64
नारायण अधिकारी बुधबार, चैत २०, २०७५  ११:५९
1140x725

काठमाडौं– नेपाल प्रहरीको इतिहासमा सम्भवतः धेरै प्रहरी टोलीले अनुसन्धान गरेको घटना हो, निर्मला पन्त हत्या प्रकरण।

कञ्चनपुरको स्थानीय प्रहरी, सिआइबीका डिएसपी अंगुर जिसी नेतृत्वको प्रहरी, सिआइबीका अर्का एसपी ठाकुर ज्ञवालीको प्रहरी टोली, एआइजी धिरु बस्न्यात नेतृत्वको प्रहरी टोली, महानगरीय प्रहरी अपराध महाशाखाको टोली, एसपी पूजा सिंह नेतृत्वको प्रहरी टोली, गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको अनुसन्धान टोलीलगायतले निर्मला काण्डको अनुसन्धान गरे।

तर, अनुसन्धानको निचोड निस्कन सकेको छैन। बरु अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको जागिर नै जानेसम्म कारबाही भए यो प्रकरणमा। 

अनुसन्धानका धेरै पाटाहरुको यथार्थ अहिलेसम्म बाहिर आउन सकेका छैनन्। हल्ला र भीडको पछाडि सञ्चार माध्यम लागेको अनुसन्धानमा संलग्न प्रहरी र अन्य प्रहरीहरुले भन्दै पनि आएका छन्।

उक्त अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई अहिले पनि विभिन्न आरोप लाग्दै आएको छ। आरोप लागेका प्रहरीहरुविरुद्ध अदालतमा मुद्दा समेत दायर भएको थियो। उनीहरु बयान दिँदै धरौटीमा रिहा हुँदै पनि आएका छन्। 

उनीहरुमाथि प्रमाण नष्ट गरेको, अभियुक्तलाई यातना दिएको, अनुसन्धानमा कुकुर प्रयोग नगरेको, पानी पर्दा समेत किताब नभिजेको, ओपेरा होटलको सिसी टिभी फुटेज मेटाइएको लगायतका आरोपहरु लाग्दै आएका छन्।

उक्त आरोपका पछाडि यथार्थता कति छ?, त्यसो गर्न सम्भव छ कि छैन?, प्रहरीले अपराधी जोगाउनुको पछाडि कारण के? भन्ने प्रश्नहरुको उत्तर अहिलेसम्म आएका छनैन्। यीनै कुराको अन्तरकुन्तर उजागर गर्ने प्रयास हामीले गरेका छौं।
 
आरोप नम्बर १ 
प्रमाण किन नष्ट?

बालिका निर्मलाको सुरुवाल प्रहरीले धुँदै गरेको भिडियो भाइरल नै भएको थियो, जसको चौतर्फी आलोचना समेत भयो। उक्त सुरुवाल नधोएको भए त्यहाँ के प्रमाण रहन सक्थ्यो?, सुरुवाल नधोएको भए हत्यारा पत्ता लाग्थ्यो कि लाग्दैनथ्यो? यो प्रश्नको उत्तर भने गौण बनेको छ। तर सुरुवाल धोएर प्रमाण नष्ट गरियो भन्दै प्रहरीको चौतर्फी आलोचना भयो।

यसबारे हामीले एक जना पूर्व प्रहरी अधिकारीसँग कुरा गर्न खोज्यौं। सुरुमा उनले बोल्न मानेनन्। नाम उल्लेख नगर्ने सर्तमा उनी बोल्न राजी भए। 

nimb
nimb
Ncell 2
Ncell 2

‘निर्मलाको कपडा आफैंमा प्रमाण होइन। शव नै कसको हो भन्ने पहिचान नभएको अवस्थामा शव पहिचानका लागि उक्त कपडा महत्वपूर्ण हुन्छ। अपराधीले कुनै भौतिक सबुतको रुपमा पीडितको कपडामा छोड्न सक्छ भन्ने सिद्धान्तको आधारमा निर्मला पन्तको हकमा महत्वपूर्ण बन्न सक्छ।

‘यदि सुरुवाल नै नधोएको भए पनि त्यहाँ खोजिने सबुत भनेको बलात्कारीको विर्य, रौं र रगत हो,’ उनले भने, ‘यसबाट डेभलप गर्ने भनेको डिएनए नै हो। जुन निकालिसकिएको छ। त्यसकारण सुरुवाल धोएर प्रमाण नष्ट गरेको भन्ने कुरा प्रहरीमाथि गरिएको नियोजित प्रहार हो।’

बलात्कारपछि हत्या भएको करिब १८ घन्टापछि शव भेटिएको थियो। शव नै पानीमा डुबेको अवस्थामा भेटिएको हुँदा त्यस कपडामा रगत, विर्य, रौं हुन्छ भन्ने अवस्थामा समेत शंका गर्ने ठाउँ हुने अनुसन्धान विज्ञ बताउँछन्।
 
यसबारे हामीले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीसँग पनि बुझ्ने प्रयास गर्‍यौं। उनीहरुको भनाइ छ, ‘रौं, विर्य र रगतबाट विकसित गरिने भनेको पनि डिएनए नै हो। विर्यबाट विकसित गरिएको डिएनएको परीक्षणमा शंका उत्पन्न भयो भने हुँदै नभएको चिज प्रमाण थियो भन्नु गलत हो।’

यदि प्रहरीको प्रमाण नष्ट नै गर्ने मनस्थिति थियो भने भेजिनल स्वाब समेत कन्ट्यामिनेट गर्नेसक्ने अवस्था थियो तर त्यसो नगरेर सबैभन्दा बलियो प्रमाण स्वाब प्रहरीले सुरक्षित गरेको थियो।
 
स्वाब नै निर्मलाको होइन कि भन्ने समेत प्रश्न उठेको थियो। आमा दुर्गादेवीले स्वाब प्रमाणित गर्न भन्दै रगतको नमुना दिएकी थिइन्। गत माघ १४ गते आमा दुर्गादेवीको डिएनए र निर्मला पन्तको स्वाब मेल खाएको थियो। यसबाट पनि स्वाब निर्मलाकै भएको पुष्टि भएको थियो।

यति हुँदाहुँदै पनि प्रहरीले प्रक्रियागत रुपमा उक्त कपडा परीक्षणको लागि पठाउनुपर्ने हुन्थ्यो। त्यसमा भने प्रहरी चुकेको थियो। प्रहरी आलोचनाको एउटा कारण कपडा पनि बन्न पुगेको थियो।

आरोप २ 
बलात्कारी भिआइपी नै हुन्?

निर्मलाको हत्यामा भिआइपी व्यक्ति संलग्न भएकाले त्यसलाई जोगाउन प्रहरीले प्रमाण नष्ट गरेको र नक्कली अभियुक्त खडा गरेको भन्दै आलोचना पनि भयो। मुलधारका मिडियाले यस्ता कुरालाई प्राथमिकता नदिए पनि सामाजिक सञ्जाल र केही मिडियाले प्राथमिकता दिए। अहिलेसम्म हत्यारा पत्ता नलागेकाले अझै पनि केही व्यक्तिले हत्यारा भिआइपी नै हुनसक्ने भन्दै शंका गर्ने गरेका छन्।

आखिर वास्तविकता चाहिं के हो त? हामीले यसबारे जान्ने प्रयास गर्‍यौं। यसबारे एक पूर्व प्रहरी अधिकारीसँग बुझ्ने प्रयास गर्‍यौं।

‘मानिलिउँ कसैले म भिआइपी व्यक्ति हुँ, अर्थात् म भिआइपी व्यक्तिको छोरा हुँ। मैले तपाईंको क्षेत्रमा यस्तो घटना घटाएँ, मलाई बचाउन प्रमाण नष्ट गरिदिनुस् है’ भन्यो। यो परिस्थितिमा उक्त सूचना एसपीकोमा पुग्यो। एसपीले घटनास्थलमा खटिने अधिकृतलाई भन्यो, ‘ल त्यो घटनास्थलमा जानु र प्रमाण जसरी पनि नष्ट गर्नु। त्यो भिआइपी मान्छेले गरेको रहेछ। जोगाउनु पर्‍यो,’ ती पूर्व प्रहरी अधिकारीले भने ‘भिआइपी व्यक्ति नै भए पनि भनिने कुरा यही हो। तर हत्यारा नजिक पुगिनसकेको अवस्थामा, कुनै भिआइपीले मैले गरेको हो प्रमाण नष्ट गरिदिनु भन्दै एसपीलाई भन्न सक्ने आँट र अवस्था हुन्छ?’

ती अधिकारीले उक्त कुरा सम्भव नै नभएको बताए। उनले निर्मला काण्डमा इन्टेन्सनल्लीभन्दा पनि गैरव्यवसायिकता र लापरबाही भने प्रष्ट देखिएको बताए। 

आरोप ३
दिलिपसिंह विष्टलाई गलत मनसायले अभियुक्त बनाई प्रस्तुत किन गरेको?

प्रहरीले डिएनए परीक्षणका लागि पठाइसकेपछि त्यसको रिपोर्ट सार्वजनिक नहुँदै दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। पछि रिपोर्टमा उनी निर्दोष देखिएपछि रिहा भएका थिए। त्यसपछि प्रहरीले दीलिपसिंह विष्टलाई गलत मनसायले अभियुक्त बनाई प्रस्तुत गरेको आरोप पनि लागेको थियो।
 
यसबारे अनुसन्धानमा सिआइबीबाट खटिएका व्यक्ति डिएसपी अंगुर जिसीसँग हामीले सोधेका थियौं। उनले त्यस्तो कुनै मनसाय नभएको बताए।

‘दिलिपसिंह विष्ट पक्राउ पर्नुअगाडि चक्रदेव बडुकोको डिएनए परीक्षणका लागि प्रहरीले पठाइसकेको थियो,’ डिएसपी जिसीले भने, ‘त्यहींबाट प्रष्ट हुन्छ प्रहरीले नक्कली अभियुक्त खडा गर्ने मनसाय राखेको थिएन।’

दिलिपसिंह विष्ट पक्राउ परेको हल्ला कञ्चनपुरमा राम्रैसँग चलेको थियो। म्याद थपको प्रक्रियामा सरकारी वकिल कार्यालय र अदालत लैजाने क्रममा पत्रकारहरुले समेत कसलाई पक्राउ गरेको, पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्नुपर्ने भन्दै माग गरेका थिए।

प्रहरी कार्यालय गेटमा २÷३ सय जनाको संख्यामा आएका व्यक्तिले नारा जुलुस गर्दै हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्नु, विष्टले हत्या गरेको साविती बयान दिनु र मिल्नु, गैरकानुनी रुपमा हिरासतमा राख्न नमिल्ने भएकाले म्याद थप गरिएको कुरा मिडियामा जानकारी गराइएको डिएसपी जिसीले बताए। 

पछि डिएनए नमिलेपछि सरकारी वकिलसँगको रायमा उनलाई छाडिएको थियो। 

आरोप ४ 
ओपेरा होटेलको सिसिटिभी फुटेज किन मेटाइयो?

ओपेरा होटलको सिसी टिभी फुटेज मेटिएपछि पनि प्रहरीले मेटाएको भन्दै आलोचना भएको थियो। पछि उक्त सिसीटिभी फुटेज रिकभर गर्न भन्दै प्रहरीले काठमाडौं ल्याए पनि त्यो सम्भव भएको थिएन।

आखिर किन मेटाइयो त सिसीटिभी फुटेज? एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले आफैंले निर्मलाको हत्या भएको दिन साउन १० गते ओपेरा होटेलमा फोटो सुट गरेको थिएँ भनेर घटना भएको झन्डै १५ दिनपछि मिडियामार्फत भनेका थिए।

त्यसभन्दा अघि सिसीटिभी फुटेजका बारेमा कुनै कुरा उठेको थिएन। ‘घटनास्थल अर्कैतिर भएकाले हामीले होटलको सिसी टिभी त्यसबेला अनुसन्धान गरेका थिएनौं’ पूर्व एसपी दिल्लीराज विष्ट भन्छन्।

जब किरण विष्टले ओपेरा होटलको कुरा ल्याए, त्यसपछि सिसीटिभी अनुसन्धानको पाटो बन्ने कुरा बाहिर आएको थियो। तर दुर्भाग्य १५ दिनसम्मको स्टोरेज क्षमता भएका सिसी टिभी फुटेज त्यस बेलासम्म अटो डिलेट भइसकेको थियो।

किरण विष्टले पछि उक्त दिनमा उनीसँग भएका ३ जना केटीको क्यामेरामा मिति र समयसहित सेभ भएको फोटो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाएका थिए। 

किन भयो अनुसन्धानमा कठिनाइ?
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले यसबारे विभिन्न समिति, प्रहरीकै अनुसन्धान समिति, अदालतमा समेत बयान दिइसकेका छन्। उनीहरुले अनुसन्धानमा कठिनाइ हुनुका विभिन्न कारणहरु बताएका छन्। तीमध्ये केही कारणहरु यस्ता छन्ः
–घटनापश्चात् पानी परेकोले घटनास्थलमा हुनसक्ने भौतिक सबुत प्रमाण लोप भएको।
–पानी र सबै मानिस लास खोज्ने क्रममा घटनास्थल वरपर हिँडिसकेकाले गर्दा घटनास्थलमा हुनसक्ने फुटप्रिन्ट देख्न नसकिने। जसले गर्दा कति जनाको संलग्नता छ भन्ने छुट्याउन नसकिने।
–घटनास्थलमा पानी भएको कारण कुकुरको प्रयोगमा कठिनाइ भएको तथापि कुकुरको प्रयोग हुन नसकेको। कुकुर प्रयोग गर्नसक्ने सम्भावना भएको भए अनुसन्धानमा केही सहज हुने थियो। 
–मृतकको साइकल, कपी, अम्बा र लासको दूरी टाढै भएको तथा प्रहरीभन्दा पहिला अरुले नै घटनास्थल चलाएकोले घटनास्थल सुरक्षित हुन नसकेको। 
–मृतकले मोबाइलको प्रयोग नगरेकोले गर्दा प्रविधिको प्रयोगमा अनुसन्धान गर्न नसकिएको।
–घटनापश्चात् लगातार दबाब समूहको आन्दोलन भएको कारण अनुसन्धानमा तत्काल प्रहरी खटिन नसकेको।
–पीडित र समाजको सहयोग नहुँदा मृतकको बारेमा जानाकारी नहुनुका साथै सम्भावित अपराधीको बारेमा जानाकारी नभएको।
–प्रत्यक्षदर्शी कोही फेला नपरेको।

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  ११:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बाराको सिमराबाट एक बालिका बेपत्ता जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी सनाया खातुन बेपत्ता भएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ । मंगलबार, भदौ ९, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... उच्च अदालत हुँदै सर्वोच्च अदालतमा आइपुगेको ठगीसम्बन्धी मुद्दामा आफ्नो विपक्षमा फैसला भएपछि उनले छतबाट हामफाल्ने प्रयास गरेको बताइएको... मंगलबार, भदौ ९, २०८३
मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार भदौ १० गते मोहम्मद जयन्ती परेको जनाएको छ। सोही दिन नेप... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, भदौ ९, २०८३
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ मंगलबार, भदौ ९, २०८३
बाराको सिमराबाट एक बालिका बेपत्ता मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्