काठमाडौं- आइपिएल क्रिकेटअन्तर्गत भारतीय राष्ट्रिय टिमका कप्तान विराट कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स बैंग्लोरको खराब प्रदर्शन जारी छ। लगातार चौथो खेलमा हार बेहोर्ने क्रममा बैंग्लोरले मंगलबार राति राजस्थान रोयल्सलाई ७ विकेटकले नतिजा सुम्पियो। राजस्थानको भने यो पहिलो जित हो।
पहिले ब्याटिङ गरेको बैंग्लोरले ४ विकेटको क्षतिमा १ सय ५८ रन जोडेको थियो। उसका लागि पार्थिव पटेलले ६७ रनको योगदान दिए भने ओपनिङमा आएका कप्तान कोहलीले २३ रन बटुले। एबि डिभिलियर्सले १३ रनमा आउट हुँदा हेटमेयर १ रनमै आउट भए। मार्कोस स्टोइनिसले नटआउट ३१ रन जोडे भने मोइन अलीले नटआउट १८ रन बटुले। बलिङमा राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए। उनले ४ ओभरमा १२ रन मात्र खर्चिदा १ मेडन राखे।
१ सय ५९ रनको लक्ष्य राजस्थानले १ बल बाँकी छदा ३ विकेटको क्षतिमा पार्यो। उसका लागि जोस बटलरले ४३ बलमा ८ चौका र १ छक्काको मद्दतमा ५९ र कप्तान अजिन्का राहाणेले २० बलमा २२ रन बटुले। स्टेभिन स्मिथले ३८ रन जोडे भने राहुल त्रिपाठीले २३ बलमा नटआउट ३४ रन बटुले। बलिङमा बैंग्लोरका युजभेन्द्र चाहालले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।