• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

इजादर मिया : जसले श्रीमती, बुहारी र २ नातिनी एकसाथ गुमाए 

भन्छन्- मेरो परिवार त्यहीँ छ, इटा पन्छाएर छिटो निकाल
64x64
नारायण अधिकारी मंगलबार, चैत १९, २०७५  २१:०७
1140x725

श्रीमती, बुहारी, र २ नातिनी गरी ४ जना गुमाएका इजदार मियाँ। उनको होस गुमेको छ। तस्बिर : निमेषजंग राई


नारायण अधिकारी/पुरनिया, फेटा- 'छोरो घाइते भएर निकालिएको ठाउँमा मेरा बाँकी परिवार त्यहीँ छ। छिटो इँटा पन्छाएर निकाल,' उमेरले ७० को  दशक पार गरिसकेका इजादर मिया खातुन परिवार गुमाउनुको पीडामा अहिले यसरी बर्बराउन थालेका छन्।

लामो सेत्तै फुलेको कपाल। खपटे परेका गाला। शोकमा डुबेकाले चिउँडोतिर फर्किएको नाक। रसिला आँखा। रिपोर्टिङका क्रममा बिहान ११ बजेतिर हामीले उनलाई देख्दा यस्तै देखिन्थे, उनी। 

गत आइतबार बारामा आएको हावाहुरीका कारण कसैको सबैभन्दा बढी क्षति भएको छ भने त्यो उनै इजादर मिया हुन्। दिउँसो ११ बजे छिमेकीको पक्का घरको मूल ढोकाबाट एकोहोर हेर्दै उनी टोलाइरेहका थिए। 

छिमेकीको घरमा आश्रय लिएका मिया। 


हामीले उनीसँग कुरा गर्ने आँट समेत गर्न सकेनौं। श्रीमती, बुहारी र २ नातीनी गरी चार जना बित्दाको पीडा कस्तो हुन्छ, साउद उनैलाई मात्र थाहा हालो। झन्डै १० मिनेट हामीले उनको गतिविधि नियालेका थियौं। उनले एकै शब्द पटकपटक दोहोर्‍याएका थिए, ‘छोरो घाइते भएजस्तै मेरी श्रीमती, बुहारी, दुई नातिनी पनि घाइते भएर त्यहीँ घरमा पुरिएका छन्। छिटो इँटा पन्छाएर उनीहरुलाई उपचार गराउन पठाओ।’

उनी यसैगरी एकोहोरो बर्बराइरहन्थे। इँटा र माटोको गाह्रो र कस्याङले छाएको घर हुरीले तहसनहस भएपछि उनलाई छिमेकीका घरमा ल्याएर राखिएको थियो। उनी पटकपटक आफ्नो भत्किएको घर जाने र परिवारका सदस्यको उद्धार गर्ने भन्दै जान खोज्थे। तर आफन्तले उनलाई रोके। 

Ncell 2
Ncell 2
nimb
nimb

हामीलाई रिर्पोटिङको लागि अन्त पनि जानु थियो। धर्मनगरमा इँटा भट्टामा पुरिएर ५ जनाको मृत्यु भएको सुनेपछि हामी त्यसतर्फ लाग्यौं। धर्मनगर पुगेर फर्किएपछि उनको जिद्धीलाई कसैले नकार्न सकेनछन्। आफन्तले दुबै हात च्याप्दै त्यही उराठलाग्दो घर पुर्याएका थिए। 

अचेत अवस्थामा रहेका मिया। घटनास्थलतर्फ हात समातेर लैजाँदै छिमेकी। उनलाई अझै सोही स्थानमा परिवारका सदस्य जीवितै छन् जस्तो लागिरहन्छ। र भन्छन्-चाँडै उद्धार गरिदेओ।


४ सदस्य गुमाएका इजादर भाग्यले बाँचे
इजादर बाँच्नुमा भाग्य नै मान्छन् उनका आफन्त। इजादरका सम्धी अर्थात् एनके मोहम्मद अन्सारीका अनुसार उनी मुस्लिम धर्मअनुसार गरिने एक पवित्र पूजा जमातको निम्तो भन्न त्यसदिन अन्य गाउँ पुगेका थिए उनी। रात परेपछि उनी उतै बसे र भाग्यले बाँचे। 

इजादरको घरमा त्यसदिन उनकी श्रीमती, अमिना खातुन, बुहारी, सकिमा खातुन, छोरा साहबुद्धिन र २ जना छोरीका एकएक जना छोरी गरी ५ जना थिए। राति खाना खाएर सुत्ने बेला भइसकेको थियो। त्यति नै बेला पश्चिमबाट पूर्णतर्फ जोडले हुरी चल्यो। सुरुमा हवाइजहाज उडेको जस्तो आवाज लागेको थियो। पछि घर नै उडाउन थालेपछि हावाहुरी आएको थाहा पाएको उनीहरुका आफन्तले बताए। 

इजादरका घरमा भएका ५ जनामध्ये चार जनाको इहलिला त्यही घरमै सकियो। उनीहरुलाई आफन्तले अस्पतालसम्म पुर्याउनसम्म सकेनन्।

इजादरको घरमा २ जनाको पश्चिम दक्षिणतर्फको कोठामा च्यापिएर मृत्यु भयो। १ जनाको दक्षिणतर्फको कोठामा च्यापिएर घटनास्थलमै ज्यान गयो। अर्का एक जना सदस्य भने पूर्वी दक्षिणको कोठामा च्यापिएर मृत्यु भएको थियो। घटनास्थलमा भएको रगतको टाटा देखाउँदै उनका आफन्त महुन अन्सारीले देखाए। 

भाग्यले बाँचे इजादरका एक नाती
इजादरका घाइते छोरा साहबुद्धिन अन्सारीका छोरा तथा इजादरका नाती साहेब अन्सारी भने त्यस दिन भाग्यले बाँचे। अन्दाजी १३ वर्ष जतिका साहेब अन्सारीलाई हामीले उनका हजुरबुबा इजादरसँगै छिमेकीको घरमा शरण लिएको अवस्थामा भेटेका थियौं।

मियाको छोराको छोरा सहायद अन्सारी। हुरी चलेका दिन उनी मामाघर भएकाले भाग्यले बाँचेका थिए।


सेतो वस्त्रमा भेटिएका उनीसँग आफ्नो आमा, हजुरआमा र दुई बहिनीहरु गुमाउनुको पीडा झल्कन्थ्यो। उनीसँग पनि हामीले कुरा गर्न सक्ने अवस्था थिएन। 

एकछिनमा उनी दौडिएर राहत लिन लाइनमा लागे। 

अहिले हजुरबुबाको हेरचाह गर्दै आएका यी साहेब पनि भाग्यले नै बाँच्न सफल भएका थिए। उनी त्यसदिन झन्डै एक घन्टा टाढा रहेको मामाघरमा शनिबारमात्र गएका थिए। 

मामाघर बसेका दुई नातिनीलाई बाँकी राखेन हुरीले
इजादरका दुई छोरीका एकएक जना छोरी अर्थात् नातिनी इजादरसँगै बस्थे। नजिकैको मदरसामा पढाउने भन्दै उनले नातिनीलाई आफूसँगै ल्याएका थिए। नातिनीहरुको मदरसा पढाई पनि राम्रै थियो। 

तर बिडम्बना बितन्डा मच्चाउने गरी आएको हुरीले १०/१२ वर्षका दुई नातिनी पनि निल्यो।

आफ्नी छोरी गुमाएपछि इजादरकी छोरी घटनास्थलमै गएर आँसुमा नुहाउँदै थिइन्।

मियाकी छोरी। हुरीका कारण उनकी एक छोरी, आमा, भाउजु र दिदीकी छोरीको मृत्यु भएको छ।


उनका ससुरा नेक मोहम्मद नाती बाकेर घटनास्थल अवलोकन गर्दै भन्दै थिए, 'उमेर यति भइसक्यो, अहिलेसम्म यस्तो हावाहुरी देखेको थिएन।' घटनास्थलमा उनी आफ्नो नाती अर्थात् मृतक बालिकाको भाइ लिएर पुगेका थिए।

मियाका सम्धी मोहम्मद अन्सारी। उनकी एक नातिनीको हुरीका कारण मृत्यु भएको छ। 


चारैजनाको शव एकै ठाउँमा गाडियो 
मुस्लिम पराम्पराअनुसार मृतकको शव गाड्ने चलन छ। परिवारमा विपत्ति आइपरेको खबर पुगेपछि इजादर सोमबार बिहानै आफ्नो घर फर्किएका थिए। उनीसँग अल्लाहलाई पुकार्नुको विकल्प थिएन।

अहिले पनि बेलाबेलामा पुकारिरहन्छन्। मृतक श्रीमती, बुहारी र दुई नातिनीको शव उनले मुस्लिम परम्पराअनुसार नजिकैको शव गाड्ने ठाउँमा गाडे।

तर उनलाई यसको कुनै होस नै छैन। विश्वास लागेको छैन, आफ्नै परिवारका चार जनाको मृत्यु भएको र बेलाबेला भनिरहन्छन्, 'उनीहरुको चाँडो उद्धार गरिदेओ।' आफैं पनि उद्धारका लागि जान खोज्छन्। 

घाइते छोराको अवस्था सुधारोन्मुख
साहबुद्धिन अन्सारी मात्रै बाँचेका उनको घरमा त्यसदिन। त्यही पनि उनी सद्धे रहन सकेनन्। टाउको, पेट र खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि वीरगंजको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ। उनको अवस्था सुधारोउन्मुख भएको जानकारी डाक्टरले दिएको उनका आफन्तले बताए।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५  २१:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
जेनजी शहीद गोपालका बुबाआमाको कामना– गोपालहरू मर्नुपर्ने गरी फेरि कुनै आन्दोलन नहोस् आन्दोलनका क्रममा गोपालले ज्यान गुमाएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंको मनमा भने छोराको सम्झना अझै ताजा छ। छो... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्