काठमाडौं- धावक धर्म महर्जनले अमेरिकामा हुने बोस्टन म्याराथनमा भाग लिने भएका छन्। फुल म्याराथनको ४५ वर्षमाथि उमेरसमूहमा धर्मले नेपालको प्रतिनिधित्न गर्न लागेका हुन्।
उनीसँगै प्रशिक्षकका रुपमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर पनि बोस्टन जाने छन्।
उनीहरुलाई डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ र गायक बुद्धवीर लामाले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली मंगलबारै बोस्टन प्रस्थान गरेको छ।
बोस्टन म्याराथन विश्वकै पुरानो म्याराथन मानिन्छ। अहिले हुन लागेको म्याराथन १२३ औं संस्करण हो। बोस्टन म्याराथन बैशाख २ गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।