पक्लिहवा– नवलपरासीमा जारी नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका कुस्तीबाजले संयुक्तरुपमा जितेका छन्।
सुस्ता गाउँपालिका वडा नं. ५ पक्लिहवाको ठाढीघाट मेलामा शनिबार सम्पन्न प्रतियोगितामा भारतको गाजियाबादका ओमप्रकाश पहलवान र भारत महराजगन्जका शैलेस पहलवानले संयुक्तरुपमा उपाधि जितेको हुन्।
खेलमा प्रथम हुने विजेताले क्रमशः ६ हजार नगद सहित एक थान टिभी सेट र प्रमाणपत्र प्राप्त गरे। यसैगरी, खेलमा द्वितीय हुनेलाई ४ हजार रुपैयाँ र एक थान टिभी तथा तृतीय हुनेलाई २ हजार रुपैयाँ सहित एक थान साइकल पुरस्कार प्रदान गरियो। प्रतियोगितामा ४२ जोडीले प्रतिस्पर्धा गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।