काठमाडौं– आगामी चैत २७ देखि मलेसियामा हुने आइसिसी यु–१९ विश्वकप एसिया छनोटका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ।
१४ सदस्यीय नेपाली युवा टिममा कप्तान रोहितसहित चार खेलाडी राष्ट्रिय टिमका छन्। राष्ट्रिय टिममा रहेका रोहित, भीम सार्की, पवन सर्राफ र सन्दीप जोराले युवा टिमबाट पनि खेल्दैछन्।
भारतको आन्द्रा भ्रमणमा गएका १८ मध्ये ४ खेलाडीलाई वैकल्पिकमा राखेर उत्कृष्ट १४ खेलाडीलाई राष्ट्रिय टिममा स्थान दिइएको हो। योसँगै रोहितले पहिलो पटक आधिकारिक प्रतियोगितामा नेपाली टिमको नेतृत्व गर्नेछन्।
प्रतियोगिता खेल्न नेपाली आगामी शनिबार मलेसिया प्रस्थान गर्नेछ। नेपालले मलेसियामा अभ्यास खेल भने खेल्नेछैन। तीन दिन प्रशिक्षण गरेपछि नेपालले छनोटको पहिलो खेलमा चैत ३० गते युएईसँग खेल्नेछ। जहाँ नेपालसहित आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएईले भाग लिँदैछन्। शीर्ष एक टिम युवा विश्वकपमा छनोट हुनेछ।
दक्षिण अफ्रिकामा हुने आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ। श्वकपमा आयरल्यान्ड बाहेकका ११ पूर्ण सदस्य छनोट भइसकेका छन्। अफ्रीकाबाट नाइजेरिया छनोट भइसकेको छ। अब एसिया, अमेरिका, इपिए र युरोप छनोटबाट १–१ टिम छनोट हुनेछन्।
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), मोहमद आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, भीम सार्की, रित गौतम, कमलसिंह ऐरी, रासिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरिबहादुर चौहान, प्रतिश जिसी, सूर्य तामाङ
वैकल्पिक– लोकेश बम, शेर मल्ल, आकास चन्द, रविकुमार साह
रमन सिवाकोटी– व्यवस्थापक
विनोदकुमार दास– प्रशिक्षक
विक्रम न्यौपाने– फिजियो
खेल तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।