काठमाडौं – यू–१८ राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि न्युटन हाइस्कुल र सेक्रेटहार्ट एकेडेमी प्रतिस्पर्धा गर्ने भएका छन्।
शनिबार भएको पुरुषतर्फको पहिलो सेमिफाइनलमा न्युटनले कञ्चनपुरको लिटिलबुद्ध एकेडेमीमाथि ३–० को सहज जित निकाल्यो।
पुरुषतर्फको दोश्रो सेमिफाईनल खेलमा बालाजुको सेक्रेटहार्ट एकेडेमीले नुवाकोटको बुङताङ भलिबल संघलाई ४–१ को सेटमा हरायो। बुङताङलाई २३–२५,२५–२२,२५–१८ र २५–२१ को सेटमा हराउँदै सेक्रेटहार्टले न्युटनसँग उपाधि भिडन्त पक्का गरेको छ।
महिलातर्फको पहिलो सेमिफाइनलमा नैकापको डायमण्डले प्यारामाउण्ट स्कुललाई ३–० को सहज रुपमा पारजित गर्यो। डायमन्डले प्यारामाउण्टलाई २५–७,२५–१७ र २५–६ ले हराएको हो।
महिलाकै दोश्रो सेमिफाइनलमा बुटवलको एभरेष्ट बोडिङ स्कुलले पोखराको टप्स माबिलाई ३–० को सोझो सेटमा हराउँदै डायमण्डसँग फाइनलमा भेट पक्का गरेको छ । एभरेष्टले टप्सलाई २५–१३,२५–१९ र २५–१६ को सोझो सेटमा पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।