• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

उद्धारकर्ता युवाको भोगाइ : ८ हजार ऋण लिएर एम्बुलेन्समा १२ जना राखेर अस्पताल पुर्‍याएँ

पैसा नभई डाक्टरहरूले उपचार गर्न मानेनन्
64x64
नेपाल लाइभ मंगलबार, चैत १९, २०७५  १२:०१
1140x725

मेरो नाम अस्मुद्दिन अन्सारी। यस गाउँलाई गछ्छा टोल भन्छन्। अहिले वडा नं ७ हो हाम्रो। 

आइतबार साँझ त्यो कहालीलाग्दो दिन। साँझपख, म मेरो घरमा थिएँ। अचानक ठूलो हुरी आयो। 

त्यसपछि ठूलो आँधी पनि आयो। वरिपरका तार सबै फालिए। घरहरू भकाभक ढल्न थाले। यो सब अन्धाधुन्दा भइरहेको थियो। हामी डरले घरभित्र पस्यौं। 

त्यसपछि मैले मेरो मोबाइलबाट १०० डायल गरी प्रहरीलाई फोन गरेँ। प्रहरीले ‘एम्बुलेन्स पठाउँदैछौं’ भन्यो। त्यसपछि गाउँमा एम्बुलेन्स आउन थाले।

मलाई डर लागिरहको थियो। झट्ट मैले सम्झेँ, ‘मेरो दाइको घर त काँचै छ।’ लगत्तै दौडेर हामी दाइको घरमा आयौं। 

हाम्रो घर दाइको भन्दा अलि पर छ। हामी एउटै घरमा बस्न सक्ने अवस्था थिएन। पहिला सँगै बसेका थियौं। पछि म अर्को घर बनाएर बसेको थिएँ। 

दाइको घरमा दौडेर आयौं। सबै अतालिएका थिए। भाउजू, भतिज र भतिजी समातेर भित्र बस्यौं। 

हुरी कम भयो। त्यसपछि छेउमा गएर हेर्‍यौं। त्यहाँ छिमेककीको भाइ, ममी, भाउजू, बुबा, भान्जा भान्जी सबैलाई निकालेर काकाको घरनिर लग्यौं। काकाको घरनिर लगेर राख्यौं। त्यसपछि एम्बुलेन्स आयो।

Ncell 2
Ncell 2

अर्को छिमेकीको पनि घर भत्किएको थियो। 

त्यस घरमा चार जना दिदीबहिनी, भाउजू, छोरा अनि ममी र बाबा थिए। 

९ जना दिदीबहिनी मध्ये ५ जनाको बिहे भइसकेको थियो। यहाँ ४ जना दिदीबहिनी बस्थे। उनीहरू इँटाले च्यापिएका थिए।  कुनाकुनामा च्यापिएका।

हामीले इँटा सबै निकालेर उनीहरूलाई उद्धार गर्‍यौं। एक जना घरमा बितिन्। अर्को एक जना एम्बुलेन्स लगेर जाँदा बाटैमा मरिन्।  

उनीहरूका बा आमा सबै घाइते थिए । कुनैको टाउको र खुट्टामा चोट लागेको थियो। हामी ५/६ जना भएर उद्धारमा खट्यौं। 

गाउँमा हाम्रो ठाउँमा ४ जना मरे।  घाइते १० जनाभन्दा बढी भए।

(अर्को घर देखाउँदै) त्यो छिमेकीको घरमा चार जना बच्चाका २ छोरा २ छोरी थिए। बाबा थिएनन्। साहेब हजाम थियो बाबाको नाम। उनी कपाल काट्ने गर्थे। ८ दिन भयो बाहिर गएको। 

उनको परिवार सबै घाइते छन्।

उद्धार गरेपछि अब अस्पताल लैजानु थियो। मैले साथीसँग ८ हजार सापटी मागेँ। उपचारको लागि। अनि एउटै एम्बुलेन्समा १२ जना बोकेर अस्पतालतर्फ गयौं हामी। 

तर, अस्पतालमा हाम्रो कुरा कसले सुन्ने? पैसा नभई डाक्टरहरूले उपचार गर्न मानेनन्। ‘घर भत्केको छ हजुर। कहाँ हुनु पैसा यतिबेला,’ हामीले भन्यौं। 

तर, अहँ पैसा नभई उपचार हुने अवस्था भएन। ‘पहिला पैसा लिएर आऊ’ भनेर रुखो वचन आयो। ‘थाहा छैन जसरी पनि ल्याऊ’ भने।

हामीलाई रिस उठ्यो। त्यसपछि हामी धेरै जना जम्मा भएर त्यहाँ हल्ला गर्‍यौं। 

एकछिनपछि अस्पतालकै एक जनाले खबर ल्याए, ‘उपचार फ्री गरिदिने भयो।’

मेरा दाइको परिवार सबै घाइते। दाइ भैंसी व्यापारी त्यस दिन हर्कपुरमा रहेछन्। उनी हस्याङफस्याङ गर्दै २ बजे अस्पताल पुगेछन्। त्यतिबेला दाइको खुट्टामा चप्पल थिएन।

राति गएर मलिन अनुहार लगाउँदै ‘कस्तो छ’ भनेर सोध्नुभयो।

म धेरै समय अस्पतालमै रहेँ। घाइतेहरूको हेरचाह गर्न बसेँ। गाउँमा सरकारले राहत दियो/दिएन केही थाहा छैन। 

खै, अहिलेसम्म त केही पाएको छैन। त्यतिका घर भत्किए गाउँमा। यस्तोबेला सरकारले के गर्छ हामीलाई। हामी सबैको सहयोग चाहन्छौं।

(आइतबार साँझको विनाशकारी हावाहुरीका कारण क्षतिग्रस्त गाउँ बाराको फेटा पुगेका नेपाल लाइभकर्मी नारायण अधिकारीले गरेको कुराकानीमा आधारित) 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५  १२:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश
सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सार्वजनिक सम्पत्ति जलाउनेहरू अपराधी हुन्, कारबाही हुनैपर्छ : ओली बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माण - सभापति थापा बुधबार, माघ ७, २०८२
स्विट्जरल्यान्डमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्