खोटाङ– खोटाङमा खोलाले बगाएर एक युवक बेपत्ता भएका छन्।
ऐंसेलुखर्क गाउँपालिकाको डेम्लिटार चुच्चे भन्ने स्थानमा दुधकोसी खोलाले बगाएर वडा नं. ४ का २५ वर्षीय भरत चर्मकार बेपत्ता भएका हुन्।
पौडी खेल्ने क्रममा चर्मकारलाई नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय ऐंसेलुखर्क र स्थानीयवासीले उनको खोजी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।