लन्डन- इंग्लिस प्रिमियर लिगमा आर्सनल तेस्रो स्थानमा उक्लिएको छ। आर्नसलले सोमबार भएको खेलमा न्युकासलमाथि २-० को जित निकालेर शीर्ष तीनमा स्थान बनाएको हो।
आर्सनलको जितमा आरोन राम्सेले ३० मिनेटमा पहिलो गोल गरेका थिए। ८३ मिनेटमा आर्सनलको अग्रता दोब्बर पारे। यसपटक लाकाजेटीले आर्सलनका लागि गोल गरे।
लिगमा शीर्ष स्थानको लिभरपुलको ३२ खेलबाट ७९ अंक छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७७ अंक छ भने समान खेलबाट ६३ अंक जोडेर आर्सनल तेस्रो स्थानमा उक्लिएको हो। टोटनह्याम ३१ खेलबाट ६१ अंक जोड्दै चौथो र म्यानचेस्टर युनाइटेड समान खेलबाट समान अंक जोडेर पाँचौ स्थानमा छ। छैटौं स्थानमा रहेको चेल्सीको ६० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।