बुटवल– बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डोलराज अर्यालको टिप्परको ठक्करबाट ज्यान गएको छ।
साँझ करिब ७ बजे बुटवल उपमहानगरपालिका–१० स्थित औद्योगिक क्षेत्र नजिकै अर्याल सवार मोटर साइकललाई टिप्परले ठक्कर दिएको थियो।
बुटवलबाट देवदहतर्फ जाँदै गरेका अर्याललाई देवदहबाट बुटवल आउँदै गरेको लु २ ख २२३२ नम्बरको टिप्परले ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका अर्याललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा बाटोमै निधन भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
दुर्घटनामा संलग्न टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
५० वर्षीय अर्यालले सिद्धार्थ क्याम्पस र बुटवल बहुमुखी क्याम्पसमा स्वास्थ्य तथा जनसंख्या विषय अध्यापन गराउँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।