काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा बारा र पर्साका हावाहुरी पीडितका लागि राहत बोकेर सोमबार कलैया पुगेका छन्।
थापाले राहतमा चाउचाउ, चिउरा, चामल, बिस्कुट, नुन, आँटा र केही थान त्रिपाल बोकेर बारा पुगेका हुन्।
अध्यक्ष थापाले राहत सामग्री बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई हस्तान्तरण गरे। सो अवसरमा अध्यक्ष थापाले प्रजिअ पौडेललाई नगद रू. ५० हजार पनि हस्तान्तरण गरे।
घाइतेका परिवारजनलाई नारायणी उप क्षेत्रीय अस्पताल वीरगञ्जमा भेटघाट गरी स्वास्थ अवस्था बुझेका छन्।
सो अवसरमा मृतकहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ लाभको कामना गरेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।