एजेन्सी– सन् २०१७ टेस्ट क्रिकेटका लागि सुखद वर्ष साबित भएको छ। यसपालि बराबरी नजिता आउनेक्रम घटेको छ भने जित–हारको नजिता आउने प्रतिशत उकालो लागेको छ।
सन् २०१७ का टेस्टमा ८९ प्रतिशत खेलमा हारजितको नतिजा निस्किएको छ। खेलिएका ३७ टेस्ट खेलमध्ये ४ खेल मात्र बराबरी भयो। ३३ खेलमा हारजितको नतिजा निस्किएको छ। यो वर्ष २२ खेलमा लगातार नतिजा निस्किएको थियो।
पछिल्ला वर्षमा टेस्ट खेलमा हारजितको नतिजा बढी निस्कनुमा टी–२० क्रिकेटको प्रभाव परेको विश्लेषण गरिएको छ।
२५ मार्चमा भारतले अस्ट्रेलियालाई पराजित गरेपछि लगातार २२ खेलमा हारजितको नजिता निस्किएको थियो। २२औं खेलमा वेस्ट इन्जिडले जिम्बाबेलाई हराएको थियो। २५ मार्च सुरु भएको दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच टेस्ट भने बराबरीमा सकिएको थियो।
यो वर्ष नतिजा नआएका ४ खेललाई मौसमले असर गरेको थियो। दक्षिण अफ्रिका र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण अवरुद्ध बनेको थियो। भारत र अस्ट्रेलियाबीच राँचीमा भएको तेस्रो टेस्ट पनि पिच गिलो भएका कारण बराबरीमा सकिएको थियो।
गत वर्ष ४७ टेस्ट खेलिएकोमा ४० खेलमा नतिजा आएको थियो । सन् २०१५ मा ४३ मध्ये ३४ तथा सन् २०१४ मा ४१ मध्ये ३३ खेलमा नजिता निस्किएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।