जनकपुर- आइतबार राति आएको हावाहुरीबाट क्षती बेहोरेका जनतालाई कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस प्रदेश २ ले राहत तथा उद्धारका लागि १० लाख सहयोग गर्ने घोषणा गरेका छन्।
उपसभापति निधिले बाराको कलैयास्थित जिल्ला अस्पताल पुगेर हावाहुरीबाट घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिँदै शिविर सञ्चालन गर्न १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।
उनले राहत तथा खाना बस्नका लागी शिविर सञ्चालनका लागि नेपाली काँग्रेस प्रदेश २ ले १० लाख रुपैयाँ दिने घोषणा गरे।
साथै उनले विपतको घडिमा सबै कार्यकर्ता सक्रिय रुपमा राहत तथा उद्धारमा जुट्न आग्रह समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।