• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बाबु श्रीमतीको शव रुँग्दै भत्किएको घरमा, छोरो बुहारीको शव रुँग्दै अस्पतालमा

जसले फोनमा थाहा पाए श्रीमतीको मृत्युको खबर
64x64
नारायण अधिकारी सोमबार, चैत १८, २०७५  २१:३०
1140x725

पत्नि र बुहारी गुमाएका रामसुरत दास मलीन मुद्रामा, नातिनीका साथमा। तस्बिर: निमेषजंग राई।


नारायण अधिकारी/फेटा,बारा- बाराको फेटा। बीचमा तन्नाले ओढाएर छोपिएको शव छ। वरपर मान्छेको भीड। कोही पर्पुरोमामा हात राखेका छन् त बाँकीको रुवावासी छ। कोही कराउँछन्।

राहतका लागि दिन लागिएको एक पोको चाउचाउ र बिस्कुट लिनका लागि पनि तँछाडमछाड छ।कसैलाई भने तीनै दृश्य क्यामेरामा कैद गर्न भ्याइनभ्याइ छ। यो दृश्य हो, बाराको फेटा गाउँपालिका-१ का भलुवहीको।

वरपका सबै घर हुरीका कारणा तहसनहस बनेका छन्। उखरमाउलो गर्मी छ। कोही कम्मरभन्दा माथि नांगै छन्। सेन्डो गन्जीमात्रै धेरै पुरुषका उपल्लो शरीर ढाक्ने वस्त्रका नाममा। बाँसको झाँडको जरै उखलिएको छ। फेटाको भलुवही उराठलाग्दो छ।

आइतबार साँझ आएको हावाहुरीले सखाप पारेको बाराको फेटा।


यसै त गाँउ सबै उजाड बनाएको छ, आइतबार साँझ आएको हावाहुरीले। त्यहीबीचको एक घरमा भने पीडाको सीमा छैन परिवारका जीवित सदस्यमा। एकै परिवारका सासु र बुहारीले ज्यान गुमाए हिजोकै हावाहुरीका कारण।

५५ वर्षीया सासु मोतिसरा देवीको हावाहुरीका कारण घटनास्थलमै ज्यान गयो। उनको कम्मरमा रड पसेको थियो। आमा बितेको पीडा मोतिसराको छोरा ३२ वर्षीय भीम दासमा छँदै थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त समयमा उनले रुन समेत पाएनन्। आँसुलाई लुकाउँदै गोरखामा भएका बुबा तथा मृतक मोतिसराका श्रीमान् रामसुरत दासलाई राती नै फोन लगाए। आत्तिदै आमा बितेको खबर गर्दै घर बोलाए। 

आफ्नी श्रीमतीको मृत्यूको खबर। त्यो पनि फोनमार्फत्। छोराले जानकारी गराएपछि रामसुरत दासका नौनाडी गले। 'यस्तो पनि भयो होला र जस्तो लाग्थ्यो। होइन होला जस्तो लाग्थ्यो। छोराले भनेपनि विश्वास गर्न सकेको थिइनँ,' नेपाल लाइभ टोलीसँग उनले भने। उनको घर पुग्दा उनका अति मलीन देखिन्थे। 

मोतिसरा देवीको मृत्युपछि आफन्तको विरह।


विश्वास नगर्नुको विकल्प पनि थिएन। रामसुरत दास सुनाउँछन्। उज्यालो भएपछि गाउँ जाने गाडी चढे। 

हामीले रामसुरत दासको घरमा पुग्दा उनी आइसकेका रहेछन् गोरखाबाट। उनी गोरखामा बिजुलीका काम गर्छन्। आफ्नी श्रीमती मोतिसराको लास घरको भग्नावेशमा पुगेको पिँढीमा राखिएको थियो। वरपर झिँगा समेत भन्किन थालिसकेका थिए।

मोतिसरा देवीको शव रुग्दै आफन्त तथा छिमेकी।


तर त्यसको झण्डै १० मिटर पर उनका श्रीमान् रामसुरत दास २ वर्षीया नातिनीलाई काखी च्याप्दै मलिन अनुहार लिएर बसेका थिए। सायद रातभर र बिहानभर रुँदारूँदा उनका आँखाका आसुका सकिएका होलान्। त्यही भएर उनी मलिन मात्रै देखिन्थे। 

पत्नि र बुहारी गुमाएका रामसुरत दास मलीन मुद्रामा, नातिनीका साथमा।


घटना कसरी भयो भन्नेसम्म आफूले केही जानकारी नपाएको फोनमा छोराले हावाहुरीका कारण यस्तो भएको बताएपछि मात्रै थाहा पाएको उनले बताए।

गोरखाबाट २ बजे आफ्नो गाउँ ओर्लिएपछि पनि उनले आफ्नी मृतक श्रीमतीको लास हेर्न सकेका रहेनछन्। काखीमा च्यापेकी नातीनी रुँदै थिइन्। उनले मलीन स्वरमा नेपाल लाइभसँग श्रीमतीको शव हेर्न आफूले नसकेको बताए।

उता रामसुरतलाई श्रीमतीको मरेको खबर गर्ने छोरा भीम दासकी श्रीमती पनि गम्भीर घाइते भएकी थिइन्। उनलाई पर्साको नारायणी अस्पतालमा छोरा भीम दासले लगे। यता आमाको पीडामा रहेका भीमलाई अर्को बज्रपात परको थियो। आमा पनि गुमाउनु, श्रीमती पनि गम्भीर घाइते हुनु। पर्नु बज्रपात परेको थियो। तर परिस्थिति सामना गर्नुको विकल्प थिएन। 

आमा गुमाएको सबै पीडालाई बिर्सेर उनी श्रीमतीको उपचारमा खटिए। उनलाई लागेको थियो, आमा बिते पनि श्रीमती रेणुले साथ नछोड्लिन्। तर दैवको लीला कस्ले टार्न सक्थ्यो र? दैवले उनलाई झन् ठुलो दशामा हुत्यायो।

सोमबार बिहानीपख अस्पतालका डाक्टरले रेणुलाई मृत घोषणा गरे।

भीम उता एक वर्षीय छोरालाई काखी च्यापेर वीरगञ्जमा श्रीमतीको शव कुरेका कुर्‍यै छन्। उनका बाबु यता २ वर्षीया नातीनी काखी च्यापेर आफ्नी श्रीमतीको लास रुँघेका छन्। 

छिमेकी हरिशंकर दास भन्छन्,' सबैभन्दा पीडामा या परिवार छ सर। यस्तो पीडिा कसैलाई नहोस्। बिचरा! गरिब मान्छे ज्यामी र खेतीपाती गरेर खाने मान्छे। उसैलाई यस्तो परो,' नेपाल लाइभसँग यति भनेका छिमेकी हरिशंकर थप कुरा बोल्न खोज्दै थिए तर उनको गला अवरुद्ध भयो।

मोतिसराको घर पूर्ण रुपमा भत्किएपछि तत्कालै उद्दारमा स्थानीयबासी खटिएका थिए। तर मोतिसरालाई बचाउन सकेनन्। उनको कम्मरमा रड पसिसकेको थियो।

टाउको कम्मर र खुट्टामा चोट लागेकी मोतिसराले पीडा सहन सकिनन्। बरु त्यही पीडाकै साथमा परलोक भइन्। 

उनी त गइन्। तर परिवारमा झन् पीडादायी अवस्था सिर्जना भयो। परिवारकी अर्की सदस्य उनकै बुहारीको पनि अन्तत मृत्यु भयो।

अब रामसुरत दाससँग छोरा भीम, एक वर्षीय नाती र २ वर्षीया नातिनी मात्रै छन्। अबको भविष्य के हुने हो उनी आफैंलाई थाहा छैन। उनले कुनै प्रतिक्रिया जनाउन सकेका छैनन्। 

सबै तस्बिरः निमेषजंग राई

प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
जेनजी शहीद गोपालका बुबाआमाको कामना– गोपालहरू मर्नुपर्ने गरी फेरि कुनै आन्दोलन नहोस् आन्दोलनका क्रममा गोपालले ज्यान गुमाएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंको मनमा भने छोराको सम्झना अझै ताजा छ। छो... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्