कोलम्बो- श्रीलङ्काको टेष्ट क्रिकेट टिमका क्याप्टेन दिमुथ करुणरत्नेले सोमबार प्रहरीसँग क्षमायाचना गरेका थिए।
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाईरहेका बेला प्रहरीले उनलाई अनुचित व्यवहार गरेको भन्दै पक्राउ गरेको थियो।
उनको सवारी साधन एउटा ट्याक्सीसँग ठोक्किएको र ट्याक्सीका चालक घाइते समेत भएपछि घटना थप विवादित बनेपछि उनले प्रहरीसँग माफी माग्नु परेको हो।
घटनामा दोषी देखिएपछि ३० बर्षिय करुणरत्नेको सवारी चालक अनुमतीपत्र रद्ध गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन्।
उनलाई आगामी मे २ तारिखका दिन ट्रायलको समय पनि तोकिएको छ। देशका चर्चित क्रिकेट खेलाडी करुणारत्नेको स्वास्थ्य परिक्षण गर्न समेत लगाइएको छ।
“गत आइतबार उहाँले गतल दिशाबाट सवारी चलाएपछि ट्याक्सीसँग ठक्कर खाएको थियो भने ट्याक्सीका चालक घाइते भएर अस्पताल लैजानु परेको थियो,” एक प्रहरी अधिकारीले भने।
प्रहरीको यो आरोपलाई स्विकार्दै श्रीलङ्कामा राष्ट्रिय क्रिकेट खेलाडी करुणरत्नेले आफ्नो तर्फबाट गल्ती भएकोमा क्षमायाचना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।