काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले आइपिएल क्रिकेटमा लगातार दोस्रो खेलमा पनि विकेट लिएका छन्।
दिल्ली क्यापिटल्सका बलर सन्दीपले सोमबार भएको खेलमा किंग्स ११ पञ्जाव विरुद्ध विकेट लिएका हुन्। चौथो ओभरमा आफ्नो बलिङको मौका पाएका सन्दीपले आफ्नो पहिलो ओभरमै पञ्जावका साम कुरानलाई २० रनमा एलबिडब्लूको धरापमा पारेका हुन्। चौथो बलमा छक्का बेहोरेको सन्दीपले पाँचौ बलमा विकेट लिएका थिए। यो ओभरमा सन्दीपले १० रन दिएका छन्।
सातौं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका सन्दीपले ४ रन मात्र खर्चिएका छन्। यो ओभरमा सन्दीपले कुनै बाउन्ड्री खर्चिएनन्।
खेलमा टस हारेको पञ्जावले पहिले ब्याटिङ गरिरहेको छ।
सुरुवाती २ खेलमा मौका नपाएका सन्दीपले कोलकाता नाइटराइडर्सविरुद्धको अघिल्लो खेलमा मौका पाएका थिए। सो खेलमा उनले १ विकेट र १ रनआउट गरकेा थिए।
यसअघि दिल्लीले सन्दीपलाई सुरुवाती दुई खेलमा मौका दिएको थिएन। उनले मुम्बई इन्डियन्स चेन्नई सुपरकिंग्सविरुद्धको खेलमा पनि पहिलो रोजाइमा स्थान पक्का गरेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।