काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले आइपिएल क्रिकेटमा किंग्स ११ पन्जावविरुद्ध खेलमा पहिलो ११ मा स्थान बनाएका छन्।
दिल्ली क्यापिटल्सले सन्दीपलाई किंग्स ११ पञ्जावविरुद्धको खेलमा राखेको हो। सुरुवाती २ खेलमा मौका नपाएका सन्दीपले कोलकाता नाइटराइडर्सविरुद्धको अघिल्लो खेलमा मौका पाएका थिए। सो खेलमा उनले १ विकेट र १ रनआउट गरकेा थिए।
खेलमा टस जितेको दिल्लीले पहिले बलिङ गर्दैछ। दिल्लीको टिममा पृथ्वी शा, शिखर धवन, श्रेयर इयर, रिशव पन्त, कोलिन इनग्राम, हनुमा बिहारी, क्रिस मोरिस, आवेश, सन्दीप लामिछाने, कागिसो राबाडा र हर्षल पटेल छन्।
यसअघि दिल्लीले सन्दीपलाई सुरुवाती दुई खेलमा मौका दिएको थिएन। मुम्बई इन्डियन्सविरुद्धको पहिलो खेलमा मौका नपाएका सन्दीपले मंगलबार चेन्नई सुपरकिंग्सविरुद्धको खेलमा पनि पहिलो रोजाइमा स्थान पक्का गरेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।