बेइजिङ- चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ।
चीनको दक्षिणी सिचुआन प्रान्तमा भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जनाएका छन्।
मृत्य भएकामध्ये २७ जना अग्नी नियन्त्रक रहेका छन् भने आगो निभाउन गएका तीन स्थानीय बासिन्दा शनिबार दिउँसोसम्म सम्पर्कमा नआएका बताइएको छ।
अचानक हावाहुरी आएपछि आगलागी भएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ।
आगलागी भएको ठाउँबाट स्थानीय अधिकारीहरुले ६८९ जनालाई बाहिर निकाल्न सफल भएका छन्।
स्थानीय समय अनुसार शनिबार बेलुका ६ बजेसम्ममा आगो नियन्त्रणमा आइसकेको थियो।
घटना भएको ठाउँ निकै दुर्गम पहाडी क्षेत्र मानिन्छ । अग्नि नियन्त्रकहरु अझै पनि घटनास्थलमा सक्रिय रहेका छन्।
शवहरुको पहिचान गरी उनीहरुका आफन्तलाई हस्तान्तर गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।