धनकुटा- धनकुटामा भिरबाट खसेको ढुङ्गाले लागेर पैदलयात्री महिलाको मृत्यु भएको छ।
साँगुरीगढी गाउँपालिका–१० घोप्टे भीरबाट खसेको ढुंगाले लागेर भोजपुरको आमचोक गाउँपालिका–६ की ४५ वर्षीया कविता राईको मृत्यु भएको हो।
भिरवाट खसेको ढुंगाले लागेपछि राई करिब १ सय ५० मिटर तल खसेकी थिईन। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
यसैबीच उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।
चौदण्डीगढि नगरपालिका–८ सिद्धिपुरका ३५ वर्षीय कुमार राईको रुखबाट लडेर मृत्यु भएको हो।
बिहान करिब ११ बजे खाँस काट्न घर नजिकै रहेको जंगल गएका राई रुखवाट लडेर घाईते भएका थिए।
राईलाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।