काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी शनिबार बस्ने भएको छ।
समसामयिक विषयमा छलफल गर्न बैठक डाकिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए। संवैधानिक परिषद्को बैठकले प्रतिपक्ष दलका नेताबिना गरेका निर्णयका विरोधमा छलफल हुने बताइएको छ।
विभाग गठन तथा भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनबारे पनि बैठकमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।