काठमाडौं- बारा र पर्सामा भीषण हावाहुरीबाट पीडितलाई राहत र उपचारका सहयोगका लागि नेपाली कांग्रेसले पार्टी उपसभापति विमलेन्द्र निधिलाई खटाएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले घाइतेको उपचार र राहत व्यवस्थित बनाउन प्रभावित क्षेत्रमा पुगेको उपसभापति निधि पुगेको जानकारी दिए।
यसैबिच पीडित नागरिकलाई सहयोगार्थ कांग्रेसका प्रतिनिधिसभाका सांसदहरुले २ दिनको तलब बराबरको सहयोग रकम प्रदान गर्ने भएका छन्।
आइतबार आएको विनाशकारी हावाहुरीबाट मृत्यु हुनेहरुको संख्या २७ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।