धनबाद (एजेन्सी)– मणिपुर र नागाल्यान्डबीच धनबादमा भएको एकदिवसीय क्रिकेटको एउटै खेलमा १ सय ३६ वटा वाइड बल फ्याकिएको छ।
पूर्वोत्तर–बिहार युथ–१९ महिला एकदिवसीय प्रतियोगिताअन्तर्गत यो खेलमा मणिपुरले ९४ र नागाल्यान्डले ४२ वाइड बल गरेका थिए।
नागाल्यान्डले १ सय १७ रनले खेल जित्न सफल भए पनि दुबै टोलीका बलरलाई २२ गजको पिचमा बल फ्याँक्न गाह्रो पर्यो। नागाल्यान्डको टिम ३८ ओभरमा २ सय १५ रन बनाएर अल आउट भयो। जसमा ९४ रन वाइडकै योगदान थियो।
वाइडकै कारण मणिपुरका महिला खेलाडीले १५ दशमलव ४ ओभर अतिरिक्त गर्नु पर्यो। प्रत्युत्तरमा मणिपुर २७ दशमलव ३ ओभरमा ९८ रन बनाउँदै अलआउट भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।