फाइल तस्बिर
काठमाडौं– आइतबार साँझको विनाशकारी आँधी, हावाहुरी र असिनाबाट ज्यान गुमाउनेहरूप्रति राष्ट्रिय जनता पार्टीले समवेदना प्रकट गरेको छ।
पार्टीका अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले एक प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, पूरै पार्टी पंक्तिलाई राहत र उद्धार कार्यमा लाग्न आग्रह समेत गरिएको छ।
'पार्टीले राहत कार्यको लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ', विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा प्रदेश २ को सरकारले यस घटनामा देखाएको तत्परताको प्रशंसा गरेको छ। 'संघीय सरकारलाई समेत राहत र उद्धार कार्यमा यथाशिघ्र लाग्न आग्रह गर्दछौं', विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।