नयाँ दिल्ली (एजेन्सी)– भारतको चर्चित रणजी ट्रफी खेलमा मैदान भित्रै एउटा कार प्रवेश गरेपछि सुरक्षाको विषयलाई लिएर प्रश्न उठेको छ।
शुक्रबार दिल्ली र उत्तर प्रदेशबीच राजधानी नयाँ दिल्लीको पालम मैदानमा यो घटना भएको थियो। यतिबेला अन्तर्राष्ट्रिय खेलाडी इशान्त शर्मा, गौतम गम्भीर र ऋषभ पन्त मैदानमा उपस्थित थिए।
कार मैदान भित्र प्रवेश गर्दा कसैले हेक्का राखेका थिएनन्। मैदान बाहिर कुनै सुरक्षाकर्मी तैनाथ नरहेको कारण यस्तो घटना भएको बताइएको छ।
कार चालकले आफू बाटोबाट भडकिएको हुनाले मैदान भित्र प्रवेश गरेको बताएका छन्। चालकले कारलाई दुई पल्ट क्रिकेट पिचको माथिबाट कुदाएका थिए।
अहिले भारतको चर्चित रणजी ट्रफी भइरहेको छ। यसलाई भारतको घरेलु शृंखलामा महत्वपूर्ण प्रतियोगिता मानिन्छ। यो प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडी नै भारतीय टिममा समावेश हुने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।